राष्ट्रिय खबर

आज ४२ औ मगर एकता दिवस , मगर संघ र भातृ संस्थाहरुले विविध कार्यक्रमका साथ मनाउँदै , विभिन्न स्थानमा स्थानीय विदा

आज ४२ औ मगर एकता दिवस , मगर संघ र भातृ संस्थाहरुले विविध कार्यक्रमका साथ मनाउँदै , विभिन्न स्थानमा स्थानीय विदा

राष्ट्रिय खबर
पाल्पा, फागुन १५ आज ४२ औ मगर एकता दिवस , मगर संघ र संघका भातृ संस्थाहरुले विविध कार्यक्रमका साथ देश तथा विदेशमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । विभिन्न जिल्लाका स्थानीय तहहरुले दिवसका अवसरमा स्थानीय विदा दिएका छन् । २०३९ साल फागनु १५ गते स्वर्गिय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन भएको थियो । यसैको संझनामा मगर संघ र यस संग सम्वन्धित संघ सँस्थाहरुले एकता दिवसको रुपमा बिभिन्न कार्यक्रमको आयोजना गरेका हुन् । मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तीका लागी स्थापना भएको लाङ्घाली परिवारसंघ, पछि नेपाल मगर संघमा परिवर्तन भएको मगर संघका संस्थापक महासचिब सुरेश आले मगरले जानकारी दिनुभयो । मगर संघका पूर्ब केन्द्रिय अध्यक्ष नबिन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेक...
पाल्पा दुर्घटना ः तिनाउँ गाउँपालिकामा आज शोक विदा, ज्यान गुमाएकाको परिवारलाई राहत दिने निर्णय

पाल्पा दुर्घटना ः तिनाउँ गाउँपालिकामा आज शोक विदा, ज्यान गुमाएकाको परिवारलाई राहत दिने निर्णय

राष्ट्रिय खबर
पाल्पा, फागुन २ १० जनाको ज्यान जाने गरी पाल्पामा भएको जिप दुर्घटना पछि तिनाउँ गाउँपालिकाले आज शोक विदा दिएको छ । दुर्घटनामा ज्यान गुमाएका १० मध्ये आफ्ना पालिकाभित्रका ५ जनाको परिवारलाई जनही ३५ हजारका दरले राहत दिने समेत निर्णय गरेको छ । दुर्घटनापछि शोकमा रहेको पालिकाले सम्पूर्ण शैक्षिक संस्था, सरकार, स्वास्थ्य तथा स्थानीय तह मातहतका कार्यालयहरुमा शोक विदा दिने निर्णय भएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । बुधबार विहान बसेको बैठकले पालिकाको विपदब्यवस्थापन कोषको रमक बाट राहत दिने निर्णय भएको समेत अध्यक्ष प्रेम श्रेष्ठको भनाई छ । घाईतेहरुको उपचारका लागि सम्बन्धित स्थानमा समन्वय गर्ने समेत बैठकले निर्णय गरेको छ । मंगलबार भएको जिप दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी पूर्व वडा सदस्य २८ वर्षिया उर्मिला अस्लामी सहित तिनाउ गाउँपालिका भित्रका ६० वर्षकी यनकुमारी...
पाल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो , घाईते  १६ जनाको उपचार हुँदै

पाल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो , घाईते १६ जनाको उपचार हुँदै

राष्ट्रिय खबर
पाल्पा, फागुन २ मंगलबार बेलुकी पाल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षिया यन कुमारी पन्त, सोही स्थानका ३९ वर्षिय राम बहादुर अस्लामी, ६७ वर्षिय कृष्ण बहादुर अस्लामी, २८ वर्षिया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका ७० वर्षिय चन्द्र रणपाल, सोही स्थानकी ६० वर्षिया चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी २० वर्षिया गिता सुनार, देबदह नगरपालिका ५ रुपन्देहीकी २९ वर्षिया दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाकी ६५ वर्षिया दिल कुमारी सुनार र सोही स्थानकी ६६ वर्षिया बिष्णुकला कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । घाईते तानसेन ७ का तिन्तेआपका ४२ वर्षिया सबिता परियार, तिनाउँ गाउँपालिका ६ की २० वर्षिय...
पाल्पामा भएको जिप दुर्घटनामा ९ जनाको ज्यान गयो, १६ घाइते

पाल्पामा भएको जिप दुर्घटनामा ९ जनाको ज्यान गयो, १६ घाइते

राष्ट्रिय खबर
पाल्पा, फागुन १ पाल्पामा भएको जिप दुर्घटनामा ९ जनाको ज्यान गएको छ । घटनास्थलमा ८ र उपचारका लागी अस्पताल पठाउने क्रममा एक जनाको ज्यान गएको स्थानीय किरण रायमाझीले जानकारी दिनुभयो । दुर्घटनामा १६ जना घाईते भएका छन् । मृतक र घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेको उद्धार गरी उपचारका लागी लुम्बिनी मेडिकल कलेज, प्रभास पठाएको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख , प्रहरी उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको चिदिसका लागी छुटेको लु १ ज २३७१ नम्बरको जीप दिउँसो साढे ४ बजेतिर सडक बाट झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
प्रहरीका भौतिक संरचनामा सरकारको ध्यान पुगेन ः महानिरिक्षक कुवर

प्रहरीका भौतिक संरचनामा सरकारको ध्यान पुगेन ः महानिरिक्षक कुवर

राष्ट्रिय खबर
पाल्पा, पौष २३ नेपाल प्रहरीका महानिरिक्षक बसन्त बहादुर कुवरले जनताको सुरक्षाका लागी रातदिन खट्ने प्रहरीका भौतिक संरचनामा सरकारको ध्यान नपुगेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाको परिसरमा नवनिर्मित कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरको आईतबार समुद्घाटन गर्दे प्रहरी प्रमुख कुवरले दिनरात खट्ने प्रहरीले भौतिक संरचनाको अभावमा समस्या झेलिरहेको बताउनुभएको हो । केही वर्ष अघि शुरु भई अहिले निर्माण भएका वाहेक प्रहरी भवन तथा आवास गृह निर्माणका लागी अहिले बजेटनै नरहेको उहाँको गुनासो छ । केही स्थानमा परेका बजेट पनि कटौती भएको भन्दै महानिरिक्षक कुँवरले यस तर्फ ध्यान पुर्याईदिन सबैसंग आग्रह गर्नुभयो । जनता संग प्रतक्ष्य जोडिएको प्रहरी सेवा र सहयोगलाई थप प्रभावकारी बनाउन पनि भवन तथा आवास गृहको ठुलो भुमिका रहेको उहाँको भनाई छ । शान्ति सुरक्...
पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई गंभिर

पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई गंभिर

राष्ट्रिय खबर
पाल्पा, पौष ६ विहिबार राती पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना गंभिर घाईते भएका छन् । दुर्घटनामा रिब्दीकोट गाउँपालिका ३, पाल्पाका अन्दाजी ३० वर्षिय विष्णु ढकालको ज्यान गएको हो । टिप्परमा सवार घोराही उपमहानगरपालिका १२, दाङका ३२ वर्षिय यमराज पुन र त्रिवेणी गाउँपालिका ५ रोल्पाका हिमाल घर्ती गंभिर घाईते भएका छन् । घाइते दुबैजनाको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार विहिबार राती साढे नौ बजेतिर रिब्दीकोट गाउँपालिका २ लगुवा स्थित पाल्पा गुल्मी सडक खण्डमा सो दुर्घटना भएको हो । गुल्मी बाट पाल्पाका लागी छुटेको रा १ ख २४०४ नम्बरको टिप्पर अचानक आफै ब्याक भई टिप्पर सडक बाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक घोराही उपमहानगरपालिका १६, दाङका २६ वर्षिय अजय चौधरीलाई नियन्त्रणमा लिई थप अनुस...
निर्वाचनमा हार्ने र पद सिट जोगाउने लोभले पार्टीले चुनाबमा एकता गर्देन  ः महामन्त्री थापा

निर्वाचनमा हार्ने र पद सिट जोगाउने लोभले पार्टीले चुनाबमा एकता गर्देन ः महामन्त्री थापा

राष्ट्रिय खबर
पाल्पा, मंशिर ३० नेपाली काग्रेसका महामन्त्री गगन थापाले आउने चुनावमा कुनै पनी पार्टी संग गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ । हिजो जे भएपछि अवको दिनमा काग्रेसका नेता कार्यकर्ताले अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्नु पर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । शनिवार सम्पन्न नेपाली काग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले निर्वाचनमा हार्ने डर र पद अनि सिट जोगाउने लोभले यस अघि चुनावमा गठबन्धन गरेर गल्ती गरेको बताउनुभयो । आपसी गुटले गर्दा नेपाली काग्रेस धेरै पछि परेको भन्दै गुटको अन्त्य र चुनावमा टिकट पाउन नेताको आर्शिवाद लिनुपर्ने अवस्थाको अन्त्यका लागी पार्टीको विधाननै परिबर्तन गर्नुपर्नेमा जोड दिनुभयो । गुटमा नभएको मान्छेले चुनावमा टिकट पाउन र जिट्न नसक्ने अवस्था रहेको भन्दै महामन्त्री थापाले पार्टी भित्र रहेका बेथितिको अन्त्यका लागी पार्टीको बिधान परिबर्तन गर्न आग...
पाल्पामा तिज नाँच्दा भएको विवादमा एक युवाको हत्या

पाल्पामा तिज नाँच्दा भएको विवादमा एक युवाको हत्या

राष्ट्रिय खबर
पाल्पा, असोज १ पाल्पामा तिज नाँच्दा भएको विवादमा एक युवाको हत्या भएको छ । घटनामा तिनाउँ गाउँपालिका २ घोडेवासका टेक बहादुर खत्रीको छोरा बर्ष २४ का सुनिल खत्रीको हत्या भएको हो । आइतवार दरखाने दिन बेलुकी तिजको नाँच गान भैरहेको स्थान घोडेवासमा आफ्नै साथीहरु बिच भएको सामान्य झगडालाई लिएर पुन सोमवार विहान सुनिल माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुटपिट बाट गंभिर घाईते सुनिलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही बुटवलमा ज्यान गएको हो । घटना पछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न संस्कापद ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रमुख , प्रहरी उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । ...
पहिरोले स्कारपियो च्यापिँदा पाल्पामा ३ को ज्यान गयो ८ घाइते

पहिरोले स्कारपियो च्यापिँदा पाल्पामा ३ को ज्यान गयो ८ घाइते

राष्ट्रिय खबर
पाल्पा, भाद्र १३ पाल्पामा भएको जिप दुर्घटनामा ३ जनाको ज्यान गएको छ । बालक सहित ८ जना घाइते भएका छन् । तानसेन रिडि सडक खण्डको जोर्तेनिर माथि बाट खसेको ढुंगे पहिरोले स्कारपियो जिप च्याँपिदा २ पुरुष र १ महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा घाईते १ बालक सहित ८ जनालाई उपचारका लागी सदरमुकाम तानसेन पठाएको प्रहरीले जनाएको छ । गुल्मी बाट बुटवलका लागी छुटेको लु १ ज ४६०० नम्बरको सार्वजनिक जिपलाई बुधबार विहान ढुंगेपहिरोले पुरेको हो । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।...
पश्चिम नवलपरासीमा २५ वर्षीय युवाले गरे आमाको हत्या

पश्चिम नवलपरासीमा २५ वर्षीय युवाले गरे आमाको हत्या

breaking news 2, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ । आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...