पाल्पामा भएको जिप दुर्घटनामा ९ जनाको ज्यान गयो, १६ घाइते

पाल्पा, फागुन १

पाल्पामा भएको जिप दुर्घटनामा ९ जनाको ज्यान गएको छ । घटनास्थलमा ८ र उपचारका लागी अस्पताल पठाउने क्रममा एक जनाको ज्यान गएको स्थानीय किरण रायमाझीले जानकारी दिनुभयो ।

दुर्घटनामा १६ जना घाईते भएका छन् । मृतक र घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेको उद्धार गरी उपचारका लागी लुम्बिनी मेडिकल कलेज, प्रभास पठाएको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख , प्रहरी उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको चिदिसका लागी छुटेको लु १ ज २३७१ नम्बरको जीप दिउँसो साढे ४ बजेतिर सडक बाट झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *