जीवनशैली

पश्चिम नवलपरासीमा २५ वर्षीय युवाले गरे आमाको हत्या

पश्चिम नवलपरासीमा २५ वर्षीय युवाले गरे आमाको हत्या

breaking news 2, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ । आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...
‘चुच्चे’ नक्साले थपेकाे भूगोल

‘चुच्चे’ नक्साले थपेकाे भूगोल

Business, Entertainment, Politics, अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
७ जेठ ०७७ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूगोल समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। तर, अझै पनि व्याँसको गाउँपालिकाको भूगोलको चार किल्ला प्रमाणित भएको छैन। स्थानीय सरकारले अहिलेसम्म आफ्नो जिरो प्वाइन्ट भूगोल कहाँबाट हो भनेर जानकारी नपाएपछि चार किल्लासहितको प्रमाणित नक्सा खोज्ने भएको छ। भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिका सामरिक महत्व बोकेको क्षेत्र हो। तीन सय ३५ वर्गकिलोमिटर भूभाग समेटेर नयाँ ‘चुच्चे’ नक्सा जारी गरिएको भनिए पनि वास्तविक प्वाइन्ट कता हो भन्ने यकिन भएको छैन। ‘व्याँसको भूगोल बढेको भनिन्छ,’ गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले भने, ‘तर, कति जमिन बढेको हो भन्ने हामीलाई अहिलेसम्म जानकारी छैन। पालिकाको वास्तविक भूगोलबारे जानकारी नहुँदा नेपाल सरकारसँग चार किल्लासहितको भौगोलिक सिमान...
एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालोः ओली

एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालोः ओली

Politics, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन् । सो प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत ओलीले बताएका छन् । आफु सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेकोसमेत दावी गरेका छन् । ‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’ उनले ...
गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, प्रवास, मनोरन्जन
मुम्बई । बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ र्औ जन्मदिन मनाउदैछन् । करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ । धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन् । करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन् । तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुची छैन । ‘मलाई संगीत मनपर्छ । मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ । यिनीहरुका लागि म माफी माग्दिनँ । मलाई मानिसहरुले तपाईं वास्तविक मुद्धामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ । मलाई सबै कुरा गर्न मजा लाग्छ । तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरु प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन् । करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन् । ‘म गम्भीर हुन चाहन्...
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
नेपाल शिक्षक महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा ज्ञवाली

नेपाल शिक्षक महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा ज्ञवाली

breaking news 2, Business, जीवनशैली, ट्रेन्डिङ, स्थानीय खबर
तानसेन। तिनाउ गाउँपलिकास्थित नेपाल शिक्षक महासंघको दोस्रो अधिवेशन तिलोत्तमा माध्यमिक विद्यालय, झुम्सामा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ पाल्पाका सचिव ध्रुव न्यौपानेले शिक्षकहरुको छाता संगठनको रुपमा रहेको शिक्षक महासंघलाई गतिशील बनाई आफ्नो अधिकारका रुपमा स्थापित गराउनु पर्नेमा जोड दिए । विशिष्ट अतिथिका रुपमा रहेका वातावरणविद् विजय हितान मगरले नेपाली र बेलायती शिक्षाका बारेमा तुलनात्मक विश्लेषण गर्दै नेपालको वन,वातावरण र जैविक विविधता संरक्षणमा संसारमै उत्कृष्ट रहेको बताए । उक्त अधिवेशन कार्यक्रममा तिनाउ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले तिनाउको शैक्षिकस्तर उकास्नका लागि शिक्षक महासंघ कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिदै शैक्षिक वहसका निम्ति तिनाउ सरकार तयार रहेको बताए । शिक्षकहरु अधिकारसँगै आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्नेमा दुई मत नरहेको उन...
सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने . उपसभामुख राना

सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने . उपसभामुख राना

breaking news 1, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
तानसेन। प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले समयको दुरुपयोगले पनि भ्रष्ट्राचार मौलाएको बताएकी छन् । सनिवार पाल्पाको तानसेनमा नेपाल आदिवासी जनजाति महासंघले राखेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले पैसाको लेनदेन मात्रै भ्रष्ट्राचार नभएको बताएकी हुन् । अहिले संसदमा दैनिक जस्तो सामान्य कुरामा विवाद चर्कका कुरालाई संकेत गर्दै सबैले समयको पालना गर्नुुपर्ने बताइन् । रानाले भनिन, “राजनीतिक दल र सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने बेला आएको छ । कैयौं वर्ष वित्दासम्म एउटा योजना सम्पन्न हुन नसक्दा देशको अवस्था नाजुक बनेको उनको दाबी छ ।” उनले भनिन्, “म जन्मिदा रेखाङ्कन भएका बाटो अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सुगम भनिएका जिल्लामा पनि विकासले गति लिन सकेको छैन। अहिले पनि मानिसहरु समयमा उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने समस्या यथावत छ । यस्तो अव...
हाम्रो विरुद्ध सबै दल एकजुट भए, जनताको साथले चाँडै मुलुकको नेतृत्व गछाैं : रवि लामिछाने

हाम्रो विरुद्ध सबै दल एकजुट भए, जनताको साथले चाँडै मुलुकको नेतृत्व गछाैं : रवि लामिछाने

Politics, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनमा अन्य सबै दल मिलेर रास्वपाविरुद्ध लागेको बताएका छन्। चितवत २ स्थित रामनगरको चुनावी सभालाई सम्बोधन गर्दै उनले जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताए । उनले भने, ‘यसपटकको निर्वाचनमा एकजना मात्रै होइन तीन जना नै संसदमा जानेगरी तयारी गरिरहेका छौं। तनहुँमा हिजो स्वणिम वाग्लेको चुनावी प्रचारमा पुगेको थिए। यस्तै जनलहर उहाँमा पनि छाएको छ। बारामा पनि रमेश खरेको पक्षमा पनि यस्तै जनलहर छाएको छ। यही जनलहरलाई निरन्तता दिएर हामीले चाँडै नै मुलुकको नेतृत्व सम्हाल्ने सोच बनाइसकेका छौँ। यो जनताको चाहना र आकांक्षालाई कसैले पनि रोक्न सक्दैन।’ उनले आजसम्म जनताभन्दा ठुलो शक्ति केही नभएको उल्लेख गरे। जस्तोसुकै दलहरुको गठबन्धन भएपनि आफूहरुलाई कुनै असर नगर्ने तर्क गरे। उनले भने, ‘अघि...
प्रेस युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित

प्रेस युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित

Entertainment, Politics, Technology, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं। पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेललाई पदक तथा विभूषण पत्र प्रदान गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल र विभूषण समितिका अध्यक्ष तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काद्वारा हस्ताक्षरित विभूषण अधिकार पत्रले सम्मान गरिएको गरिएको हो। राष्ट्रपतिले २०७९ सालको संविधान दिवस राष्ट्रिय दिवसका अवसरमा पत्रकार पौडेललाई विभूषण प्रदान गर्ने घोषणा गरेका थिए। नागरिक दैनिकमा कार्यरत पौडेल डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्। नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत बागलुङका पौडेल यसअघि विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित भएका थिए। पौडेल भ्...
पाल्पामा क्रियाशील गैससहरूसँग अन्तरक्रिया कार्यक्रम

पाल्पामा क्रियाशील गैससहरूसँग अन्तरक्रिया कार्यक्रम

breaking news 1, Business, जीवनशैली, ट्रेन्डिङ, स्थानीय खबर
पाल्पा – पाल्पामा क्रियाशील गैरसरकारी संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजना र कारितास नेपालको व्यवस्थापनमा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम कार्यान्वयन गर्नुअघि सरोकारवाला निकायलाई जानकारी दिएर मात्र गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले सरकारी रकमबाट गरेका कतिपय कार्यक्रम प्रचलित कानुन तथा ऐनविपरीत रहेकाले सच्याउनुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले गैरसकारी संस्थाहरू पारदर्शी, जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । खनालले सबैको सहभागी र सहभागितामा मात्र गैससले गर्ने कार्यक्रम दीगो बन्ने धारणा राख्नुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गैससहरु सरकारको सहयोगी संस्था ...