‘चुच्चे’ नक्साले थपेकाे भूगोल

७ जेठ ०७७ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूगोल समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। तर, अझै पनि व्याँसको गाउँपालिकाको भूगोलको चार किल्ला प्रमाणित भएको छैन।

स्थानीय सरकारले अहिलेसम्म आफ्नो जिरो प्वाइन्ट भूगोल कहाँबाट हो भनेर जानकारी नपाएपछि चार किल्लासहितको प्रमाणित नक्सा खोज्ने भएको छ।

भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिका सामरिक महत्व बोकेको क्षेत्र हो। तीन सय ३५ वर्गकिलोमिटर भूभाग समेटेर नयाँ ‘चुच्चे’ नक्सा जारी गरिएको भनिए पनि वास्तविक प्वाइन्ट कता हो भन्ने यकिन भएको छैन।

‘व्याँसको भूगोल बढेको भनिन्छ,’ गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले भने, ‘तर, कति जमिन बढेको हो भन्ने हामीलाई अहिलेसम्म जानकारी छैन। पालिकाको वास्तविक भूगोलबारे जानकारी नहुँदा नेपाल सरकारसँग चार किल्लासहितको भौगोलिक सिमाना छुट्याउन माग गर्छौँ।’

२०औँ गाउँकार्यपालिका बैठक व्याँस गाउँपालिका– १ को तिंकरमा पहिलोपटक बसेको थियो। अहिलेसम्म सबै जनप्रतिनिधि, राजनीतिक दलका नेता नपुगेको तिंकरमा पहिलोपटक ऐतिहासिक कार्यपालिका बैठक बसेको हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *