४२ औ मगर एकता दिवस , बौघापोखराथोकमा सम्पन्न

पाल्पा, फागुन १५
४२ औ मगर एकता दिवस , तानसेन १२ बौघापोखराथोकमा सम्पन्न भएको छ । नवोदित मगर समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बौघापोखराथोकको देउराली देखि आलेटोल सम्म पन्चे बाजा सहितको सांस्कृतिक झाँकी र्यालीपछि शुरु भएको औपाचारिक कार्यक्रममा प्रमुख अतिथि तानसेन १२ का वडा अध्यक्ष मेजर सिंह केसिले मगरी संस्कृति, पहिचान र रहनसहनको रक्षाका लागी वडा सरकार सधै सकारात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

समाजका अध्यक्ष लीला बहादुर रानाको अध्यक्षतामा भएको एकता दिवसमा समाजका पूर्ब अध्यक्ष कृष्ण बहादुर आले, पुर्ब कोषाध्यक्ष केहरसिंह आले, समाजसेवी झमान सिं दर्लामी, लेख बहादुर आले, मान बहादुर राना, भीम बहादुर रास्कोटी, सार्वजनिक प्रा.वि. का प्र.अ राम कुमारी थापा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपाल, बिद्यार्थी नेता कृष्ण अर्याल लगायतले मगर दिवसका अवसरमा शुभकामना दिदै मगर एकतामा जोड दिएका थिए । समाजका उपाध्यक्ष बिष्णु कुमार आलेको स्वागत, सचिब पुरन आलेको संचालनमा भएको कार्यक्रममा मगरी गित, नाँच संगै मगर खानाका परिकारमा सहभागीहरु रमाएका थिए ।

कार्यक्रममा नवोदित मगर समाजलाई सहयोग गर्नेहरुलाई सम्मान तथा पुरस्कृत गरिएको समाजका अध्यक्ष रानाले जानकारी दिनुभयो । २०३९ साल फागनु १५ गते स्वर्गिय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन भएको थियो । यसैको संझनामा मगर संघ र यस संग सम्वन्धित संघ सँस्थाहरुले एकता दिवसको रुपमा बिभिन्न कार्यक्रमको आयोजना गरेका हुन् । मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तीका लागी स्थापना भएको लाङ्घाली परिवारसंघ, पछि नेपाल मगर संघमा परिवर्तन भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *