लुम्बिनी प्रदेश स्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

बुटवल । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनाले प्राप्त गरेको छ । मंगलबार बुटवलमा भएको प्रतियोगितामा सैनामैना (ए) टिम बिजेता भएको हो। सैनामैनाको दिल बहादुर थापा, कमल थापा, कृष्ण थापा, जीवन गुरुङको टिम ६-२ सेटले विजेता भएको हो ।

विजेता बनेको सैनामैना टिमले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि प्रतियोगितामा देवदहको टिम दोस्रो हुँदै नगद १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो। यसैगरि नवलपरासी ४-२ सेटसहित तिलक रोका, नरेश फगामी, रोहित साखी, फकेन्द्र बुढाथोकीको टिम तेस्रो भए। उक्त टिमले नगद ५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि हेमलाल सिंकिजा, अम बहादुर पुर्जा, हरिलाल गुरुङ र रिम बहादुर गुरुङको देवदह (बि) टिम चौथो भयो।

एक समारोहका बीच खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश आर्चरी संघ अध्यक्ष बिनोद श्रेष्ठ रुपन्देही बक्सिङ संघका अध्यक्ष राजु गुरुङ, क्षेत्री समाजका विष्णु बहादुर कार्की, रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र थापा क्षेत्री (हरि), सदस्य राम बहादुर थापाले पुरस्कार बितरण गरे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *