पहिरोले स्कारपियो च्यापिँदा पाल्पामा ३ को ज्यान गयो ८ घाइते

पाल्पा, भाद्र १३
पाल्पामा भएको जिप दुर्घटनामा ३ जनाको ज्यान गएको छ । बालक सहित ८ जना घाइते भएका छन् । तानसेन रिडि सडक खण्डको जोर्तेनिर माथि बाट खसेको ढुंगे पहिरोले स्कारपियो जिप च्याँपिदा २ पुरुष र १ महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाईते १ बालक सहित ८ जनालाई उपचारका लागी सदरमुकाम तानसेन पठाएको प्रहरीले जनाएको छ । गुल्मी बाट बुटवलका लागी छुटेको लु १ ज ४६०० नम्बरको सार्वजनिक जिपलाई बुधबार विहान ढुंगेपहिरोले पुरेको हो । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *