ट्रेन्डिङ

पश्चिम नवलपरासीमा २५ वर्षीय युवाले गरे आमाको हत्या

पश्चिम नवलपरासीमा २५ वर्षीय युवाले गरे आमाको हत्या

breaking news 2, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ । आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...
लुम्बिनी प्रदेश स्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

लुम्बिनी प्रदेश स्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

breaking news 1, Sports, खेलकुद, ट्रेन्डिङ, राष्ट्रिय खबर
बुटवल । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनाले प्राप्त गरेको छ । मंगलबार बुटवलमा भएको प्रतियोगितामा सैनामैना (ए) टिम बिजेता भएको हो। सैनामैनाको दिल बहादुर थापा, कमल थापा, कृष्ण थापा, जीवन गुरुङको टिम ६-२ सेटले विजेता भएको हो । विजेता बनेको सैनामैना टिमले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि प्रतियोगितामा देवदहको टिम दोस्रो हुँदै नगद १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो। यसैगरि नवलपरासी ४-२ सेटसहित तिलक रोका, नरेश फगामी, रोहित साखी, फकेन्द्र बुढाथोकीको टिम तेस्रो भए। उक्त टिमले नगद ५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि हेमलाल सिंकिजा, अम बहादुर पुर्जा, हरिलाल गुरुङ र रिम बहादुर गुरुङको देवदह (बि) टिम चौथो भयो। एक समारोहका बीच खेलकुद विका...
भैरहवाको होटेल पौवामा आयोजित विहे भोजमा भारतको मदिरा, राजस्वले अनुसन्धान गर्दै

भैरहवाको होटेल पौवामा आयोजित विहे भोजमा भारतको मदिरा, राजस्वले अनुसन्धान गर्दै

Breaking News, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
भैरहवा । भैरहवामा भएको एउटा बिहेभोजमा भारतबाट ल्याईएको मदिरा प्रयोग भए पछि स्थानियहरु आक्रोशित बनेका छन् । आन्तरिक राजस्व कार्यालय भैरहवाले भैरहवामै रहेको होटल पौवामा आईतबार छापा हानी ६८ थान प्रयोग भएको मदिराका खाली बोतल नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख शान्तीराम निरौलाले अनुसन्धानको लागि खाली बोतल नियन्त्रणमा लिएको बताए । “बिहेभोजमा भारतबाट ल्याईएको मदिरा प्रयोग भएको खबर आएको थियो, सोही अनुसार अनुसन्धानको लागि ६८ वटा खाली बोतल नियन्त्रणमा लिएका छौं ।” निरौलाले भने “अनुसन्धान भईरहेको छ, थप कुरा पछि खोलौला ।” आन्तरिक राजस्व कार्यालयले नियन्त्रणमा लिएको बोतलमा ५८ वटा रेड लेबल र १० वटा एक्सुलेट भोडकाको रहेको छ । यी महङ्गो मदिरा मध्येका हुन । होटल पौवामा यही असार ८ गते एउटा भैरहवाका उद्योगी राजकुमार पोखरेलको छोराको विवाहभोज थियो । सोही बिवाहभोजमा भारतबाट ...
‘चुच्चे’ नक्साले थपेकाे भूगोल

‘चुच्चे’ नक्साले थपेकाे भूगोल

Business, Entertainment, Politics, अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
७ जेठ ०७७ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूगोल समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। तर, अझै पनि व्याँसको गाउँपालिकाको भूगोलको चार किल्ला प्रमाणित भएको छैन। स्थानीय सरकारले अहिलेसम्म आफ्नो जिरो प्वाइन्ट भूगोल कहाँबाट हो भनेर जानकारी नपाएपछि चार किल्लासहितको प्रमाणित नक्सा खोज्ने भएको छ। भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिका सामरिक महत्व बोकेको क्षेत्र हो। तीन सय ३५ वर्गकिलोमिटर भूभाग समेटेर नयाँ ‘चुच्चे’ नक्सा जारी गरिएको भनिए पनि वास्तविक प्वाइन्ट कता हो भन्ने यकिन भएको छैन। ‘व्याँसको भूगोल बढेको भनिन्छ,’ गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले भने, ‘तर, कति जमिन बढेको हो भन्ने हामीलाई अहिलेसम्म जानकारी छैन। पालिकाको वास्तविक भूगोलबारे जानकारी नहुँदा नेपाल सरकारसँग चार किल्लासहितको भौगोलिक सिमान...
एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालोः ओली

एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालोः ओली

Politics, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन् । सो प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत ओलीले बताएका छन् । आफु सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेकोसमेत दावी गरेका छन् । ‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’ उनले ...
सिद्धबाबा स्थित तिनाउ खोलाको ड्याममा डुबेर एक युवाको मृत्यु

सिद्धबाबा स्थित तिनाउ खोलाको ड्याममा डुबेर एक युवाको मृत्यु

Breaking News, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
बुटवल । पाल्पाको तिनाउ – ३ मा सिद्धबाबा अवस्थित तिनाउ खोलाको विद्युत ड्याममा डुबेर एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका-७ का १८ वर्षीय अभिशेख परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा-३ ड्राइभर टोलमा कोठा गर्ने बस्ने अभिशेख शनिबार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए । अचानक खोलामा वेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो । उद्दारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।...
लुम्बिनी प्रदेशमा मनसुनको प्रभाव अझै देखिएन, केही दिन पानी पर्ने सम्भावना न्यून

लुम्बिनी प्रदेशमा मनसुनको प्रभाव अझै देखिएन, केही दिन पानी पर्ने सम्भावना न्यून

breaking news 2, ट्रेन्डिङ, राष्ट्रिय खबर
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार लुम्बिनी प्रदेशमा मनसुनको प्रभाव पर्न अझै केही दिन लाग्ने देखिएको छ । महाशाले शनिबार जारी गरेको सूचना अनुसार लुम्बिनी प्रदशमा सोमबारसम्म वर्षा हुने कुनै सम्भावना देखिएको छैन । मशाखाले जारी गरेको बुलेटिन अनुसार आइतबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक/दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी आइतबार राती कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशका केही स्...
विश्वकप छनोट क्रिकेट : नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै

विश्वकप छनोट क्रिकेट : नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै

Breaking News, खेलकुद, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेवालले आज आइतबार जिम्बावेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ। नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्न चाहान्छ । त्यसको लागि नेपालले ब्याटिङलाई ध्यानमा राख्दै प्लेइङ ११ मैदान उतार्ने अनुमान गरिएको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट परिवर्तन गर्ने सम्भावना छ । स्पिनर ललितनारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई मैदान उतार्न सक्छ । जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् । दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थिय...
आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

Business, Sports, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।...
गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, प्रवास, मनोरन्जन
मुम्बई । बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ र्औ जन्मदिन मनाउदैछन् । करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ । धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन् । करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन् । तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुची छैन । ‘मलाई संगीत मनपर्छ । मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ । यिनीहरुका लागि म माफी माग्दिनँ । मलाई मानिसहरुले तपाईं वास्तविक मुद्धामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ । मलाई सबै कुरा गर्न मजा लाग्छ । तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरु प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन् । करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन् । ‘म गम्भीर हुन चाहन्...