पाल्पामा तिज नाँच्दा भएको विवादमा एक युवाको हत्या

पाल्पा, असोज १
पाल्पामा तिज नाँच्दा भएको विवादमा एक युवाको हत्या भएको छ । घटनामा तिनाउँ गाउँपालिका २ घोडेवासका टेक बहादुर खत्रीको छोरा बर्ष २४ का सुनिल खत्रीको हत्या भएको हो । आइतवार दरखाने दिन बेलुकी तिजको नाँच गान भैरहेको स्थान घोडेवासमा आफ्नै साथीहरु बिच भएको सामान्य झगडालाई लिएर पुन सोमवार विहान सुनिल माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कुटपिट बाट गंभिर घाईते सुनिलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही बुटवलमा ज्यान गएको हो । घटना पछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न संस्कापद ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रमुख , प्रहरी उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *