घोर्लीखरकको चण्डी भवानी प्रा.विको बार्षिक उत्सव सम्पन्न

हुम बहादुर पचभैयाद्धारा अक्षयकोषको स्थापना

किरण रायमाझी
पाल्पा, फागुन १६
पाल्पाको रिब्दीकोट गाउँपालिका ६ घोर्लिखरकमा रहेको चण्डी भवानि प्रा.वि.को ३९ औ वार्षिक उत्सव एवम् अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सान बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी हुम बहादुर पचभैयाले गाउँमा रहेको विद्यालयको गुणस्तर उकास्न शमुदायनै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

गाउँबाट भैरहेको बसाईसराईलाई रोक्ने र बिद्यालय शिक्षालाई विक्ने बनाउन विद्यार्थी, अभिभावक र शिक्षक सवैको भुमिका उल्लेखनिय रहेको उहाँको भनाई छ । आफ्नै पिता चण्डी भवानि बिद्यालयका संस्थापक तथा पुर्ब प्रधानपन्च स्वर्गिय टोल बहादुर पचभैया र आमा डुकाकान्ता पचभैयाको सम्झनामा ५१ हजार १ सय ५१ रुपैयाँ को अक्षकोषको स्थापना गर्दे प्रमुख अतिथि हुम पचभैयाले स्थानीय, प्रदेश र संघिय सरकारले पनि गाउँका विद्यालयहरुलाई विशेष ख्याल गर्न र सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बिधालयका प्र.अ. ताम बहादुर छहारीले विद्यालयको २१ लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दे विद्यालयको प्रगति र प्रभावकारी शिक्षालाई विस्तार गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालयको प्रगतिको कामना गर्दै रिब्दिकोट गाँउपालिका युवा तथा खेलकुद सयोजक दिपक पचभैया, समाजसेवी अम्बर बहादुर गाहा लगाएतले शुभकामना दिनुभयो ।
फत्त बहादुर रानाको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृति नृत्य समेत प्रस्तुत गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *