
पाल्पा गोल्ड कप उद्घाटन खेलमा पाल्पा–११ को विजयी सुरुवात
पाल्पा, जेठ १५
कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता सोमबारबाट तानसेन टुँडिखेलमा सुरु भएको छ । उद्घाटन खेलमा पाल्पा–११ ले रूपन्देहीको लिस्नु क्लबलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पाल्पा ११ का लागि दुबै गोल आशिष रानाले गर्नुभयो । खेल सुरु भएको १२ औं मिनेटमा आशिषले पहिलो गोल गरेर पाल्पा ११ लाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको ९ मिनेटमा पुनः पाल्पा–११ का आशिषले नै अर्को गोल थपेर टिमलाई जिताउन सफल हुनुभएको हो । खेल अवधिभर लिस्नुले एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमै पाल्पाका मनिष गाहाले ३९ मिनेटमा पहेलो कार्ड पाएका थिए । लिस्नु क्लब रुपन्देही पहिलो हाफमा रक्षात्मक खेलेको थियो । दोस्रो हाफमा आक्रामक खेलेको लिस्नु गोल गर्नबाट चुक्यो । पाल्पा–११ का सन्दीप केसी ६ र सुरज रन्जनले ४२ मिनेटमा पहेँलो कार्ड पाए । पहिलो खेलमा म्यान अफ द म्याच घोषित आशिषले नगद ३ हजा...