श्रीनगर एफ,एम २१ वर्षमा

पाल्पाको श्रीनगर एफ,एम २१ वर्षमा प्रवेश गरेको छ । देउरालीको सुसेली ९३ दशमलब २ मेगाहर्जमा प्रशारण भैरहेको यस एफ,एम २०६० साल चैत १३ गते देखि प्रशारण भएको हो । बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म दैनिक १८ घण्टा प्रशारण भैरहेको श्रीनगर एफ,एम यस भेगमै धेरै हजार वाटको क्षमतामा प्रशारण भैरहेको छ । तानसेनको कैलाशनगर मा रहको यस एफ,एम ९३ दशमलब २ मेजाहर्जमा पाल्पा,स्याङ्गजा, गुल्मी, अर्घाखाची, पर्बत, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग ,रुपन्देही, नवलपरासी, कपिलबस्तु, चितवन लगाएतका जिल्लामा सुन्न सकिन्छ भने ईन्टरनेट अनलाईनको www.shreenagarfm.com.np मार्फत संसारभर प्रतक्ष्य रेडियो सुन्न र समाचार पढ्न सकिन्छ ।

पाल्पा र आसपासका क्षेत्रमा रहको शिक्षा, स्वास्थ्य, पर्यटन, कुटीर उद्योगको प्रचुर सम्भावनालाई उजागर गर्दै आर्थिक सामाजिक क्षेत्रको बिकासमा फड्को मार्ने उदेश्यले रेडियोको स्थापना भएको प्रा.लि.का अध्यक्ष भीमसेन कार्कीले जानकारी दिनुभयो । सुचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका विषयलाई प्राथमिकता दिदै आएको जानकारी दिदै अध्यक्ष कार्कीले गरिवी न्युनीकरणको लागी पहल गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाइ जनउत्तरदायी बनाउदै सुशासन कायम गर्ने विषयमा वकालत गरिहेको जानकारी दिनुभयो ।
दुरदराज तथा कुनाकन्धरामा रहेका आवाज विहीनहरुको आवाज निती निर्माताहरु सम्म पुराउन र निर्माताले बनाएका निती नियमको जानकारी सर्वसाधारलाई दिन रेडियो प्रभावकारी बनेको समेत श्रीनगर एफ,एमले जनाएको छ । रेडियो २१ वर्षमा प्रवेश गरेको अवसरमा एक विज्ञप्ती प्रकाशित गर्दै प्रालिका अध्यक्ष कार्कीले सबै स्रोता, बिज्ञापन दाता, सुभेच्छुक, लगानीकर्ता तथा कर्मचारीहरुमा शुभकामना ब्यक्त गर्नुभएको छ । साथै आगामी दिनमा पनि थप सुझाब, सल्लाहा र सहयोगको आशा गर्नुु भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *