भिडियो

१४ गते देशैभरी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

१४ गते देशैभरी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

भिडियो
काठमाण्डौ, पौष ९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । काठमाण्डौमा शुक्रबारदेखि र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहले जनाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय भएको हो । बैठकले संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोेच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । बिहीबार भएको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको हो । नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो प...
अन्यौलमा एसइई ,परिक्षा कसले र कसरी लिने ?

अन्यौलमा एसइई ,परिक्षा कसले र कसरी लिने ?

भिडियो
काठमाण्डौं,मंशिर २९ यस बर्षको एसइई परिक्षा कसले संचालन गर्ने भन्ने अन्यौलता भएको छ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले र कसरी सञ्चालन गर्ने भन्ने बारे अन्योल भएकाले सरकारको निर्णय कुर्नुपरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस बारेमा सरकारको निर्णय पर्खिरहेकाले परीक्षा सम्बन्धी तयारी अगाडि बढाएको छैन । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएपनि कुनै जवाफ नआएकाले बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताउनुभयो । यस वर्षको एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने टुङ्गो लागेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष तयार गरेको संघीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालय...
अन्यौलमा एसइई, परिक्षा कसले र कसरी लिने ?

अन्यौलमा एसइई, परिक्षा कसले र कसरी लिने ?

भिडियो
काठमाण्डौं,मंशिर २९ यस बर्षको एसइई परिक्षा कसले संचालन गर्ने भन्ने अन्यौलता भएको छ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले र कसरी सञ्चालन गर्ने भन्ने बारे अन्योल भएकाले सरकारको निर्णय कुर्नुपरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस बारेमा सरकारको निर्णय पर्खिरहेकाले परीक्षा सम्बन्धी तयारी अगाडि बढाएको छैन । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएपनि कुनै जवाफ नआएकाले बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताउनुभयो । यस वर्षको एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने टुङ्गो लागेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष तयार गरेको संघीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालय...
कक्षा १२ को परीक्षा मंशिर ९ देखि १६ सम्म पक्का हुने

कक्षा १२ को परीक्षा मंशिर ९ देखि १६ सम्म पक्का हुने

भिडियो
काठमाण्डौं, मंशिर ७ कक्षा १२ को परीक्षा मंशिर ९ देखि १६ सम्म पक्का हुने भएको छ । परिक्षाको आवश्यक तयारी पुरा भएको जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले परिक्षा नहुने भन्ने हल्लाको पछि नलाग्न समेत सबैमा आपिल गरेको छ । कक्षा १२ को परीक्षा यही मंशिर ९ गते मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कक्षा १२ को परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह गर्नुभयो । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालको भनाई छ । उहाँका अनुसार विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा हुनेछ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा हुने छ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । यस पटकको परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ...
कोरोना परीक्षण र निःशुल्क उपचार गर्ने आदेशमा पुर्नविचार गर्न सरकारले दिएको निवेदन सर्वोच्च द्धारा खारेज

कोरोना परीक्षण र निःशुल्क उपचार गर्ने आदेशमा पुर्नविचार गर्न सरकारले दिएको निवेदन सर्वोच्च द्धारा खारेज

भिडियो
काठमाण्डौं, कार्तिक २० कोरोना सङ्क्रमण परीक्षण र निःशुल्क उपचार गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । बिहीबार सवोच्च अदालतका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदन अघि नबढाउन आदेश दिएको हो । गएको असोज १५ गतेको फैसला उल्ट्यानुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दर्ता गरेको थियो । १५ गतेको फैसलामा सर्वोच्चले कोरोना भाइरसको सङ्क्रमण छ ? छैन थाहा पाउन गरिने पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएको थियो । यो फैसलापछि सरकारले अब कोरोना परीक्षण र उपचारमा शुल्क लिन नपाउने भएको छ ।...
प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने तयारी

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने तयारी

भिडियो
रुपन्देही, असोज १६ प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा हुने लगभग पक्का भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको जनाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नाम र स्थायी राजधानी तोकिएको थिएन । रुपन्देही वा वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा बिभिन्न मतहरु रहेका थिए । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेले यस अघि नै दाङमा राजधानी बनाउने घोषणा गर्नुभएको थियो । पार्टीका महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा हुनुहुन्थ्यो । अहिले आएर अध्यक्ष द्धय बीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको सवाल टुङ्गो लाग्ने नेकपा नेताहरुले...
विदेशमा अलपत्र परेका नेपालीको उद्धार अनिश्चित

विदेशमा अलपत्र परेका नेपालीको उद्धार अनिश्चित

भिडियो
काठमाण्डौं, भाद्र १ विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारकार्य थप अन्यौलमा परेको छ । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेपछि समस्या थपिएको हो । कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न परिपत्र गरेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । अहिले पनि करिब ८० हजारभन्दा बढी नेपाली विदेशमा उद्धारको प्रतिक्षामा रहेको दूतावासहरुको तथ्यांकले देखाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो । त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय भएको थियो । उद्धार गरि...
कोरोना संक्रमित २७ हजार नाघे, १०७ को ज्यान गयो

कोरोना संक्रमित २७ हजार नाघे, १०७ को ज्यान गयो

भिडियो
काठमाण्डौं, भाद्र १, नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५२० जनामा नमुना परीक्षण गर्दा काठमाण्डौं उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १०७ जनाको ज्यान गएको छ । १७ हजार ४ सय ९५ जना निको भएर घर फकिएको मन्त्रालयले जनाएको छ । देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा रहेका छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकी प्रदेशमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेका छन् ।...
मास्क नलगाउनेलाई कारबाही

मास्क नलगाउनेलाई कारबाही

भिडियो
काठमाण्डौं, श्रावण १२ घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही शुरु भएको छ । गृहमन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न निर्देशन दिएसंगै प्रहरीले मास्क नलगाउनेलाई पक्राउ गरी कारवाही शुरु गरेको हो । लकडाउन खुलेसँगै जोखिम बढ्न सक्ने भएकाले सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । लकडाउन खुलेपछि बजारमा भिडभाड र चहलपहल बढेको छ । भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइएको हो ।...
प्रेमीका बालिका परेपछि..बला*त्कारको आरोपमा एक युवा पक्राउ

प्रेमीका बालिका परेपछि..बला*त्कारको आरोपमा एक युवा पक्राउ

भिडियो
काठमाण्डौं, श्रावण ११, १४ वर्षिया बालिका बला*त्कारको आरोपमा काठमाण्डौंमा एक यूवा पक्राउ परेका छन् । धुम्बाराही बस्ने २३ बर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरिएको महानगरीय बृत, सातदोबाटोले जनाएको छ । कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय कार्की लाई बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध भएको कार्कीले प्रहरीलाई बताएका छन् । कार्की परिवारले बला*त्कारमा परेको भनिएकी किशोरी उनको प्रेमिका भएको दाबी गरेको छ । सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनमा अपराध मानिन्छ । त्यसैले मुद्दा प्रक्रिया अघि बढाएको प्रहरीको जनाएको छ ।...