पाल्पा, मंशिर ३०
नेपाली काग्रेसका महामन्त्री गगन थापाले आउने चुनावमा कुनै पनी पार्टी संग गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ । हिजो जे भएपछि अवको दिनमा काग्रेसका नेता कार्यकर्ताले अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्नु पर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।
शनिवार सम्पन्न नेपाली काग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले निर्वाचनमा हार्ने डर र पद अनि सिट जोगाउने लोभले यस अघि चुनावमा गठबन्धन गरेर गल्ती गरेको बताउनुभयो । आपसी गुटले गर्दा नेपाली काग्रेस धेरै पछि परेको भन्दै गुटको अन्त्य र चुनावमा टिकट पाउन नेताको आर्शिवाद लिनुपर्ने अवस्थाको अन्त्यका लागी पार्टीको विधाननै परिबर्तन गर्नुपर्नेमा जोड दिनुभयो । गुटमा नभएको मान्छेले चुनावमा टिकट पाउन र जिट्न नसक्ने अवस्था रहेको भन्दै महामन्त्री थापाले पार्टी भित्र रहेका बेथितिको अन्त्यका लागी पार्टीको बिधान परिबर्तन गर्न आगामी महासमितिको बैठकमा आफुले प्रस्ताव लैजाने बताउनुभयो ।
अधिबेशन र चुनावका लागी पार्टीका सदस्यहरुले छानेर मात्रै उम्मेदवार हुने ब्यवस्था भएमात्रै नेताको पुच्छर बन्नुपर्ने अवस्थाको अन्त्य हुने उहाको भनाई छ । लोकतन्त्रपछिका नेता मन्त्री र सांसदहरुको सम्पतिm छानबिन गर्न उच्च स्तरीय छानबिन समिति निर्माण गरी कानुन बिपरित सम्पत्ती आर्जन गरेको भए खोस्ने र दण्डित गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिनुभयो । पार्टी भित्रको आन्तरिक द्धन्द्ध भए आपसमा बसेर निकास निकाल्न आग्रह गर्दे महामन्त्री थापाले पार्टीका जनप्रतिनिधिहरुले राम्रो काम गरे जनताको प्रिय बन्न सकिने बताउनुभयो ।