सिद्धबाबा स्थित तिनाउ खोलाको ड्याममा डुबेर एक युवाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ – ३ मा सिद्धबाबा अवस्थित तिनाउ खोलाको विद्युत ड्याममा डुबेर एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका-७ का १८ वर्षीय अभिशेख परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा-३ ड्राइभर टोलमा कोठा गर्ने बस्ने अभिशेख शनिबार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए । अचानक खोलामा वेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो । उद्दारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *