भैरहवाको होटेल पौवामा आयोजित विहे भोजमा भारतको मदिरा, राजस्वले अनुसन्धान गर्दै

भैरहवा । भैरहवामा भएको एउटा बिहेभोजमा भारतबाट ल्याईएको मदिरा प्रयोग भए पछि स्थानियहरु आक्रोशित बनेका छन् । आन्तरिक राजस्व कार्यालय भैरहवाले भैरहवामै रहेको होटल पौवामा आईतबार छापा हानी ६८ थान प्रयोग भएको मदिराका खाली बोतल नियन्त्रणमा लिएको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख शान्तीराम निरौलाले अनुसन्धानको लागि खाली बोतल नियन्त्रणमा लिएको बताए । “बिहेभोजमा भारतबाट ल्याईएको मदिरा प्रयोग भएको खबर आएको थियो, सोही अनुसार अनुसन्धानको लागि ६८ वटा खाली बोतल नियन्त्रणमा लिएका छौं ।” निरौलाले भने “अनुसन्धान भईरहेको छ, थप कुरा पछि खोलौला ।” आन्तरिक राजस्व कार्यालयले नियन्त्रणमा लिएको बोतलमा ५८ वटा रेड लेबल र १० वटा एक्सुलेट भोडकाको रहेको छ । यी महङ्गो मदिरा मध्येका हुन ।

होटल पौवामा यही असार ८ गते एउटा भैरहवाका उद्योगी राजकुमार पोखरेलको छोराको विवाहभोज थियो । सोही बिवाहभोजमा भारतबाट अवैध रुपमा ल्याईएको ठूलो परिमाणको मदिरा प्रयोगमा आएका हुन् । भैरहवामा रहेको होटल पौवा सिद्धार्थनगर नगर पालिकाको स्वामित्वमा रहेको जग्गामा बाल उद्यान खोल्न भनि बहालमा लिएको जग्गा हो । होटल पौवाका गिरीराज खनालले उक्त मदिरा आफ्नो होटलमा प्रयोग भए पनि मदिरा भने होटलको नभएको बताए । “आयोजकले आफै ब्यवस्थापन गरेको कारण त्यसको सम्पूर्ण जिम्मेवारी उहाहरुकै हो ।” उनले भने

भैरहवा भन्सार कार्यालयले अहिले १ सय रुपैया भन्दा बढीको आयात गर्दा त्यसमा भन्सार महशुल लिने गरेको छ । भन्सारको यो नियमले स्थानियलाई केही सास्ती दिए पनि बिस्तारै उनिहरुमा यसको बानी पर्न थालेको थियो । भन्सार नियमको कारण नेपाली उपभोक्ताहरु नेपाली बजारमै रोक्न सफल भएकोमा ब्यपारीहरु पनि दङ्ग थिए । तर भन्सार कार्यालयको १ सय रुपैया भन्दा माथिको सामाग्रीमा भन्सार महशुल आम उपभोक्ताको लागि मात्र रहेको देखिएको छ ।

सिद्धार्थनगर नगर पालिकाको स्वामित्वमा रहेको होटल पौवा अवस्थित जग्गा शुभ ओम ईन्भेष्टमेन्ट कम्पनी प्रालीले लिजमा लिई बाल उद्यान सञ्चालन स्विकृति पाएको छ । बाल उद्यान गर्ने सञ्चालन गर्ने अनुमति पाएको कम्पनीले उक्त स्थानमा होटल सञ्चालन गरि रहेको छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *