पाल्पामा १८ वर्षिया किशोरी मृत फेला, हत्याको आसंका

पाल्पा, चैत्र १३
पाल्पामा एक किशोरीको शब फेला परेको छ । रिव्दीकोटगाउँपालिका –१, ख्याहाको कराङ्दी स्थित लप्सीखोला नजिकै मङ्गलबार बेलुकी ५ बजेतिर किशोरीको शब फेला परेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्राको शब फेला परेको हो । उनको हत्या भएको स्थानीयले आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पा प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *