पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई गंभिर

पाल्पा, पौष ६
विहिबार राती पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना गंभिर घाईते भएका छन् । दुर्घटनामा रिब्दीकोट गाउँपालिका ३, पाल्पाका अन्दाजी ३० वर्षिय विष्णु ढकालको ज्यान गएको हो । टिप्परमा सवार घोराही उपमहानगरपालिका १२, दाङका ३२ वर्षिय यमराज पुन र त्रिवेणी गाउँपालिका ५ रोल्पाका हिमाल घर्ती गंभिर घाईते भएका छन् । घाइते दुबैजनाको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार विहिबार राती साढे नौ बजेतिर रिब्दीकोट गाउँपालिका २ लगुवा स्थित पाल्पा गुल्मी सडक खण्डमा सो दुर्घटना भएको हो । गुल्मी बाट पाल्पाका लागी छुटेको रा १ ख २४०४ नम्बरको टिप्पर अचानक आफै ब्याक भई टिप्पर सडक बाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक घोराही उपमहानगरपालिका १६, दाङका २६ वर्षिय अजय चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *