खेलकुद

पाल्पामा सम्पन्न लुम्विनी प्रदेश स्तरिय  तेक्वान्दो प्रतियोगितामा विरेन्द्र र सविना प्रथम

पाल्पामा सम्पन्न लुम्विनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा विरेन्द्र र सविना प्रथम

खेलकुद
पाल्पा, कार्तिक १८ पाल्पामा सम्पन्न लुम्विनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामामा पुरुष तर्फ पाल्पाका विरेन्द्र बुढा र महिला तर्फ गुल्मीकी सविना श्रेष्ठ प्रथम भएका छन् । शुक्रवार र शनिवार तानसेन टुडिखेल मैदानमा संचालन भएको रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा बिरेन्द्र र सविना प्रथम भई गोल्ड मेडल सहित तिस ÷तिस हजार नगद, मेडल र प्रमाण पत्र हात पारेका हुन् । प्रतियोगितामा पुरुष तर्फ रोल्पाका तिलक बुढामगर र महिला तर्फ वसन्ती विश्वकर्मा नवलपरासी द्धितिय भएका छन् । विजेता दुवै जनाले विस÷ विस हजार नगद, रजत पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुष तर्फ पाल्पाका उज्जवल गहतराज र महिला तर्फ बर्दियाकी ललिता बुढाथोकी तृतिय भएका छन । दुबैले दश ÷दश हजार नगद, कास्य पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा लुम्विनी प्रद...
लुम्बिनी प्रदेश स्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

लुम्बिनी प्रदेश स्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

breaking news 1, Sports, खेलकुद, ट्रेन्डिङ, राष्ट्रिय खबर
बुटवल । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको उपाधि सैनामैनाले प्राप्त गरेको छ । मंगलबार बुटवलमा भएको प्रतियोगितामा सैनामैना (ए) टिम बिजेता भएको हो। सैनामैनाको दिल बहादुर थापा, कमल थापा, कृष्ण थापा, जीवन गुरुङको टिम ६-२ सेटले विजेता भएको हो । विजेता बनेको सैनामैना टिमले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि प्रतियोगितामा देवदहको टिम दोस्रो हुँदै नगद १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो। यसैगरि नवलपरासी ४-२ सेटसहित तिलक रोका, नरेश फगामी, रोहित साखी, फकेन्द्र बुढाथोकीको टिम तेस्रो भए। उक्त टिमले नगद ५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि हेमलाल सिंकिजा, अम बहादुर पुर्जा, हरिलाल गुरुङ र रिम बहादुर गुरुङको देवदह (बि) टिम चौथो भयो। एक समारोहका बीच खेलकुद विका...
विश्वकप छनोट क्रिकेट : नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै

विश्वकप छनोट क्रिकेट : नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै

Breaking News, खेलकुद, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेवालले आज आइतबार जिम्बावेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ। नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्न चाहान्छ । त्यसको लागि नेपालले ब्याटिङलाई ध्यानमा राख्दै प्लेइङ ११ मैदान उतार्ने अनुमान गरिएको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट परिवर्तन गर्ने सम्भावना छ । स्पिनर ललितनारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई मैदान उतार्न सक्छ । जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् । दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थिय...
आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

Business, Sports, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।...
एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

Sports, Technology, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन्। शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा सिमित लेन्सलाई ३–१ गोल अन्तरले पाखा लगायो। लिग १ को शीर्षस्थानमा रहेको पीएसजीले ५ अंकको अग्रता बनाएको छ। खेलको ३१औं मिनेटमा एमबाप्पेको गोलमा पीएसजीले लेन्सविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। आफ्नो १६९औं लिग खेलमा १३९ गोल गरेका एमबाप्पेले एडिन्सन काभानीलाई पछि पारेका हुन्। लिगको शीर्ष २ बीचको महत्त्वपूर्ण खेलमा मिडफिल्डर अब्दुल समेद १९औँ मिनेटमा रातो कार्ड खाँदै मौदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। पीएसजीका लागि ३७औं मिनेटमा भिटिन्हा र ४०औं मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरे। ६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गरे। गएरातिकै अर्को खेलमा रेन्सले रिम्सलाई ३...
१५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि नेपाललाई

१५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि नेपाललाई

खेलकुद
काठमाण्डौं, कार्तिक २५बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको छ । शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी हुँदै नेपालले उपाधि जितेको हात पारेको हो । नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गर्नुभयो । पहिलो हाफमा नेपाल एक–शून्यले रह्यो । तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा पुग्यो । खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गर्नुभयो । यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बनेको हो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरल...
पाल्पाका ५ तेक्वाण्डो खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै

पाल्पाका ५ तेक्वाण्डो खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै

खेलकुद
पाल्पा, असोज ७ पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघका ५ जना खेलाडीहरु लुम्बिनी प्रदेशको नेतृत्व गर्दे राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन् । यही असोज ४ र ५ गते रुपन्देहीको बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा स्वर्ण विजेता महिलातर्फ निलो पेटी एकल प्याट्रनमा मञ्जिला कुंवर , पुरुषतर्फ एकल प्याट्रनमा कालो पेटी दोस्रो डानमा रजन रेग्मी , कालो पेटी तेस्रो डानमा बिरेन्द्र बुढा, पुरुष एकल स्पायरिङ्गतर्फ ७०— ७५ के.जी तौलसमूहमा मिलन राना र ८०—८५ के.जी तौलसमूहमा एन्जील कुंवर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि छनोट भएका पाल्पा आई.टि.एफ्का जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य निर बहादुर सारुले जानकारी दिनुभयो । प्रतियोगिताका टिम ब्यवस्थापक एवम् जिल्ला खेलकुद विकास समिति, पाल्पाका सदस्य श्याम बहादुर गाहाका अनुसार लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा पाल्पाले ६...
नवौराष्ट्रिय खेलकुद प्रतियोगितामा पाल्पा आई.टि.एफ बाट २३ खेलाडी छनौट

नवौराष्ट्रिय खेलकुद प्रतियोगितामा पाल्पा आई.टि.एफ बाट २३ खेलाडी छनौट

खेलकुद
पाल्पा, भाद्र १८ नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघ बाट २३ खेलाडी छनौट भएका छन् । जिल्ला भरीका १३ डोजाङ्गबाट ढेडसय बढी खेलाडीहरु बिच भएको प्रतिस्पर्धामा २३ खेलाडी छनौट भएको पाल्पा जिल्ला आई,टि,एफ तेक्वाण्डो संघका अध्यक्ष निर बहादुर सारुले जानकारी दिनुभयो । छनौट भएका खेलाडीहरुमा एकल स्पायरिङ्ग पुरुष तर्फ ४६—५० केजीमा देब थापा, ५१—५५केजीमा उज्वल गहतराज, ५६—६० केजीमा रमेश नेपाली, ६१—६५ केजीमा निसप थापा, ६६—७० केजीमा विपिन कवर, ७१—७५ केजीमा मिलन राना, ७६—८० केजीमा सुजन सारु, ८१—८५ केजीमा एन्जील कुवर र ८६+मा साजन पचभैया छनौट भएका हुन् । एकल स्पायरिङ्ग महिला तर्फ ४१—४५ केजीमा महिमा बारघरे, ४६—५० केजीमा रोशनी थापा, ५१—५५ केजीमा सुप्रिया कनौजे, ५६—६० केजीमा विष्णु खाम्चा, ६१—६५ केजीमा युविना श्रेष्ठ र ६६+केजीमा कविता राना छनौट भएका हुन् । पाल्पा जिल्ला आ...
पाल्पाको रानीमहलमा हुने सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा

पाल्पाको रानीमहलमा हुने सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा

खेलकुद
पाल्पा, चैत्र २२ कालीगण्डकी किनार पाल्पाको रानीमहलको काखमा हुने सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत २४ देखि २६ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेशसहित नौ टिमले प्रतिस्पर्धा गर्ने मंगलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै विभागीय टोलीहरू नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बिच भलिबलमा भाग लिने सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष तथा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । प्रतियोगिताका लागि रानीमहलको काखमा बिच भलिबलको कोर्ट तयार भएको उहाको भनाई छ । प्रतियोगिताका लागि बुधबार खेलाडीहरू पाल्पा आइपुग्ने छन् । बिच भलिबलका लागि नेपाल पुलिस क्लबबाट कमला पुन र मनिसा कुमारी चौधरीको जोडी रहेका छन् । यस्तै एपीएफ क्लबबाट र...
आलमदेवीमा पालिका स्तरीय  भलिबल प्रतियोगिता हुँदै

आलमदेवीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

खेलकुद
प्रर्थ थापा मगर स्याङ्जा, कार्तिक २२ स्याङ्जाको आलम देबीमा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय जनज्योति क्लब कालीगण्डकी ३, आलमदेवीले देउरालीले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । बिगत ३५ वर्ष देखि हरिबोधनी एकादशीको अवसर पारेर पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लवले यो वर्ष पनि पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको क्लब अध्यक्ष टोप बहादुर रानाले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी हुन पालिकाको लेटर हेडमा आधिकारिक छाप सहित वा क्लबको लेटरहेडमा आधिकारिक छाप सहित कार्तिक २६ गते दिउँसो १२ बजे सम्म दर्ता हुनु पर्ने छ । समूह दर्ताका लागी पाँच हजार तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रोले पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र तृतिय हुनेले पच्चीस हजार नगद,...