अन्तर्राष्ट्रिय खबर

बम थापा सूर्यवंशीको नेतृत्वमा फोनिज यूकेको नयाँ  कार्यसमिति निर्वाचित

बम थापा सूर्यवंशीको नेतृत्वमा फोनिज यूकेको नयाँ कार्यसमिति निर्वाचित

अन्तर्राष्ट्रिय खबर
काठमाण्डौं, पौष २ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (९फोनिज ) युके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर निर्वाचित हुनुभएको छ । यूकेको एम्पायर हल अल्डरसटमा सम्पन्न चौथो अधिवेशनबाट सूर्यवंशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष मगर यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । लामो समय ब्रिटिस सेनामा सेवा गरी अवकास प्राप्त सूर्यवंशी निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ । अधिवेशनले उपाध्यक्षमा लिलासेलिङ माबो, सचिवमा अमित थेवे,सहसचिवमा तेज माबो, कोषाध्यक्षमा डा.महा राईलाई चयन गरेको छ । सदस्यहरुमा रोमियन लिम्बु, ईश्वर चाम्लिङ, जेबी राई, विश्वजित थापा, पम्फा गुरुङ र रुद्र थापामगर चयन हुनुभएको हो । नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि आदीबासी जनजाती महासंघ युकेका अध्यक्ष कर्मा पहाडी, अधिवेशनका निर्वाचन प्रमुख तथा फोनिज यूकेका पूर्ब अध्यक्ष विश्वासदीप तिगेला, निर्वाचन ...
‘चुच्चे’ नक्साले थपेकाे भूगोल

‘चुच्चे’ नक्साले थपेकाे भूगोल

Business, Entertainment, Politics, अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
७ जेठ ०७७ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूगोल समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। तर, अझै पनि व्याँसको गाउँपालिकाको भूगोलको चार किल्ला प्रमाणित भएको छैन। स्थानीय सरकारले अहिलेसम्म आफ्नो जिरो प्वाइन्ट भूगोल कहाँबाट हो भनेर जानकारी नपाएपछि चार किल्लासहितको प्रमाणित नक्सा खोज्ने भएको छ। भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिका सामरिक महत्व बोकेको क्षेत्र हो। तीन सय ३५ वर्गकिलोमिटर भूभाग समेटेर नयाँ ‘चुच्चे’ नक्सा जारी गरिएको भनिए पनि वास्तविक प्वाइन्ट कता हो भन्ने यकिन भएको छैन। ‘व्याँसको भूगोल बढेको भनिन्छ,’ गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले भने, ‘तर, कति जमिन बढेको हो भन्ने हामीलाई अहिलेसम्म जानकारी छैन। पालिकाको वास्तविक भूगोलबारे जानकारी नहुँदा नेपाल सरकारसँग चार किल्लासहितको भौगोलिक सिमान...
आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

Business, Sports, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।...
गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, प्रवास, मनोरन्जन
मुम्बई । बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ र्औ जन्मदिन मनाउदैछन् । करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ । धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन् । करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन् । तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुची छैन । ‘मलाई संगीत मनपर्छ । मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ । यिनीहरुका लागि म माफी माग्दिनँ । मलाई मानिसहरुले तपाईं वास्तविक मुद्धामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ । मलाई सबै कुरा गर्न मजा लाग्छ । तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरु प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन् । करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन् । ‘म गम्भीर हुन चाहन्...
एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

Sports, Technology, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन्। शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा सिमित लेन्सलाई ३–१ गोल अन्तरले पाखा लगायो। लिग १ को शीर्षस्थानमा रहेको पीएसजीले ५ अंकको अग्रता बनाएको छ। खेलको ३१औं मिनेटमा एमबाप्पेको गोलमा पीएसजीले लेन्सविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। आफ्नो १६९औं लिग खेलमा १३९ गोल गरेका एमबाप्पेले एडिन्सन काभानीलाई पछि पारेका हुन्। लिगको शीर्ष २ बीचको महत्त्वपूर्ण खेलमा मिडफिल्डर अब्दुल समेद १९औँ मिनेटमा रातो कार्ड खाँदै मौदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। पीएसजीका लागि ३७औं मिनेटमा भिटिन्हा र ४०औं मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरे। ६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गरे। गएरातिकै अर्को खेलमा रेन्सले रिम्सलाई ३...
अब भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा सिधा उडान

अब भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा सिधा उडान

Business, Entertainment, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ। त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गरे। दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए । ‘दुई मुलुक र इनरूट पर्ने आवश्यक उडान अनुमतिका निवेदन...
जापानका प्रधानमन्त्रीमाथि आक्रमण

जापानका प्रधानमन्त्रीमाथि आक्रमण

Politics, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
टोकियो। जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ । प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको हो । वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ । उनीहरुतर्फ ग्यास वा पाइप बम प्रहार गरिएको थियो । उनले भाषण सुरु गर्नुअघि नै आक्रमण भएको हो । सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ । एउटा बन्दरगाहमा भिषण विष्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ। जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो । उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।...
महारानीको निधनपछि के-के परिवर्तन हुनेछ बेलायतमा ?

महारानीको निधनपछि के-के परिवर्तन हुनेछ बेलायतमा ?

अन्तर्राष्ट्रिय खबर
काठमाडौं,२४ भदौ, सन् १९५२ देखि करिब ७० वर्षभन्दा लामो समयसम्म गद्दीमा बसेकी बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । एलिजाबेथको निधनसँगै बेलायतको राजसंस्थाको नेतृत्व मात्रै होइन अब त्यहाँको राष्ट्रगानदेखि झण्डा, नोट र सिक्का समेत परिवर्तन हुनेछन् । सबभन्दा लामो समय शासन गरेकी एलिजबेथको तस्वीर बेलायती नागरिकको जीवनशैलीसँग जोडिएको छ । उनको निधनसँगै राजपरिवारका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बन्ने छन् । त्यसपछि एलिजाबेथका तस्वीरहरू अंकित हुने ठाउँमा नयाँ राजाको तस्वीरहरू राखिनेछन् । झण्डा एलिजाबेथको निधनसँगै बेलायतको निशान छाप र त्यहाँको सेना र प्रहरीले प्रयोग गर्ने भण्डा परिवर्तन हुनेछ । बेलायतसँगै एलिजाबेथलाई राज्य प्रमुख मान्ने अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड लगायतका देशले समेत झण्डा परिवर्तन गर्न सक्नेछन् । हाल ती झण्डामा महारानीले पहिरने तक्माको...
गोर्खालीको मागबारे वार्ता गर्न बेलायत तयार भएपछि तोडियो अनसन

गोर्खालीको मागबारे वार्ता गर्न बेलायत तयार भएपछि तोडियो अनसन

अन्तर्राष्ट्रिय खबर
काठमाण्डौ, भाद्र ४ भूतपूर्व गोर्खा सैनिकहरुको मागका वारेमा समाधान गर्न समिति बनाएर बेलायत सरकार अघि बढ्न तयार भएको छ । यस संगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ । समान अधिकारको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बस्नु भएको थियो । बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगेर समस्या समाधानका लागी द्वीपक्षीय समिति बनाउन तयार रहेको प्रतिवद्धता जनाउनु भयो । लिखित पत्रमा उहाले भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख गर्नुभएको छ । वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्ने सहमति भएको छ । त्यसअघि ८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री, नेपाली रा...
गोर्खा आन्दोलनको समर्थनमा लन्डनमा विशाल प्रदर्शन

गोर्खा आन्दोलनको समर्थनमा लन्डनमा विशाल प्रदर्शन

अन्तर्राष्ट्रिय खबर
काठमाण्डौं, भाद्र १ गोर्खा आन्दोलनको समर्थनमा लन्डनमा विशाल प्रदर्शन भएको छ । भुतपूर्व गोर्खाहरु समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको ११ दिनसम्म पनि बेलायत सरकारले कुनै चासो नदिएकोमा गोर्खाहरुले दुखेसो गरेका छन् । सरकारले चासो नदिएपनि आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिकहरु एकजुट भएर गोर्खाहरुको समर्थन गरेका छन् । ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाउनु भएको छ । भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न उहाको आग्रह छ ।आन्दोलनमा नेपाली संस्कृति र परम्परा झल्किने बाजागाजा तथा लाखे नाँचको समेत प्रदर्शन गरिएको थियो । सत्याग्रहकै आव्हानमा आइतबार प्रधानमन्त्री कार्यालय अगाडि विशाल गरिएको प्रदर्शनीमा हजारौँ नेपाली तथा विदेशीहरूको सहभागीता थियो...