पाल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो , घाईते १६ जनाको उपचार हुँदै

पाल्पा, फागुन २

मंगलबार बेलुकी पाल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षिया यन कुमारी पन्त, सोही स्थानका ३९ वर्षिय राम बहादुर अस्लामी, ६७ वर्षिय कृष्ण बहादुर अस्लामी, २८ वर्षिया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका ७० वर्षिय चन्द्र रणपाल, सोही स्थानकी ६० वर्षिया चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी २० वर्षिया गिता सुनार, देबदह नगरपालिका ५ रुपन्देहीकी २९ वर्षिया दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाकी ६५ वर्षिया दिल कुमारी सुनार र सोही स्थानकी ६६ वर्षिया बिष्णुकला कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । घाईते तानसेन ७ का तिन्तेआपका ४२ वर्षिया सबिता परियार, तिनाउँ गाउँपालिका ६ की २० वर्षिया कृष्णा पन्थ, १९ वर्षिया उमा रास्कोटी, सोही स्थानकी १९ वर्षिया शान्ती राना, ९ वर्षिय सौरभ पुन, २१ वर्षिया अम्रिता गहतराज, २८ वर्षिया कमला सुनार, ४५ वर्षिय तुल बहादुर नेपाली, तिनाउँ २ दुर्सानेकी २० वर्षिया गिता सुनारकी छोरी ३६ दिनकी स्वस्तिका सुनार , रुपन्देही देबदह ५ खैरेनीका ९ वर्षिय विवेक जिसि, ६ वर्षिय अस्मित जिसी , रिब्दीकोट १ ख्याहाकी ३० वर्षिया रमा सुनार, ६ वर्षिया साया सुनार, ५ वर्षिय आलब सुनार, ६ वर्षिय विद्या सुनार र रुपन्देही कन्चन गाउँपालिका हरैयाकी ३० वर्षिया भूमि पुन रहेका छन् ।

तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको भित्रि कच्ची सडक चिदिसका लागी छुटेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो । सडक बाट जिप ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक तानसेन नगरपालिका १० का ४५ वर्षिय दान बहादुर चिदिलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । क्षमता बढी यात्रु र सामान बोकेको जिपले उकालोमा तान्न नसकी पछि हटेकाले सो दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *