स्थानीय खबर

नेपाल शिक्षक महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा ज्ञवाली

नेपाल शिक्षक महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा ज्ञवाली

breaking news 2, Business, जीवनशैली, ट्रेन्डिङ, स्थानीय खबर
तानसेन। तिनाउ गाउँपलिकास्थित नेपाल शिक्षक महासंघको दोस्रो अधिवेशन तिलोत्तमा माध्यमिक विद्यालय, झुम्सामा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ पाल्पाका सचिव ध्रुव न्यौपानेले शिक्षकहरुको छाता संगठनको रुपमा रहेको शिक्षक महासंघलाई गतिशील बनाई आफ्नो अधिकारका रुपमा स्थापित गराउनु पर्नेमा जोड दिए । विशिष्ट अतिथिका रुपमा रहेका वातावरणविद् विजय हितान मगरले नेपाली र बेलायती शिक्षाका बारेमा तुलनात्मक विश्लेषण गर्दै नेपालको वन,वातावरण र जैविक विविधता संरक्षणमा संसारमै उत्कृष्ट रहेको बताए । उक्त अधिवेशन कार्यक्रममा तिनाउ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले तिनाउको शैक्षिकस्तर उकास्नका लागि शिक्षक महासंघ कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिदै शैक्षिक वहसका निम्ति तिनाउ सरकार तयार रहेको बताए । शिक्षकहरु अधिकारसँगै आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्नेमा दुई मत नरहेको उन...
सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने . उपसभामुख राना

सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने . उपसभामुख राना

breaking news 1, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
तानसेन। प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले समयको दुरुपयोगले पनि भ्रष्ट्राचार मौलाएको बताएकी छन् । सनिवार पाल्पाको तानसेनमा नेपाल आदिवासी जनजाति महासंघले राखेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले पैसाको लेनदेन मात्रै भ्रष्ट्राचार नभएको बताएकी हुन् । अहिले संसदमा दैनिक जस्तो सामान्य कुरामा विवाद चर्कका कुरालाई संकेत गर्दै सबैले समयको पालना गर्नुुपर्ने बताइन् । रानाले भनिन, “राजनीतिक दल र सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने बेला आएको छ । कैयौं वर्ष वित्दासम्म एउटा योजना सम्पन्न हुन नसक्दा देशको अवस्था नाजुक बनेको उनको दाबी छ ।” उनले भनिन्, “म जन्मिदा रेखाङ्कन भएका बाटो अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सुगम भनिएका जिल्लामा पनि विकासले गति लिन सकेको छैन। अहिले पनि मानिसहरु समयमा उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने समस्या यथावत छ । यस्तो अव...
गुल्मीमा आपसी विवादमा हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

गुल्मीमा आपसी विवादमा हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

Breaking News, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती करिव १ बजेको समयमा घरयासी बिवादका क्रममा बाबुले हसिया प्रहारगर्दा छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ । जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट प्रहरी स्थलमा पुगि बाबू दिलबहादुरलाई हसिया सहित नियन्त्रणमा दिएको छ । घाइते छोरालाइ गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ । नियन्त्रणमा लिइएको ब्यक्ती जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए स्मरण रहोस केही वर्षअघि त्यसटोलका छिमेकी कुखर...
खेल पत्रकार, पाल्पाको जेठ ५ मा जिल्ला भेला हुँदै

खेल पत्रकार, पाल्पाको जेठ ५ मा जिल्ला भेला हुँदै

स्थानीय खबर
पाल्पा, बैशाख १९ नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखाको बैठकले जेठ ५ गते शुक्रबार जिल्लास्तरीय बृहत भेला गर्ने निर्णय गरेको छ । समन्वय शाखाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बसेको बैठकमा विगतमो समिक्षा गरिनुका साथै आगामी दिनमा गरिने क्रियाकलापका विषयमा छलफल भएको हो । अध्यक्ष अर्यालले विगतको समिक्षा र आगामी दिनको कार्ययोजना बनाउँदै भेलाबाट नयाँ कार्यसमिति गठन गरेर खेलकुद पत्रकार मञ्चलाई क्रियाशील गराउनुपर्नेमा जोड दिनुभयो । बैठकमा सचिव देव पचभैयाले खेलकुद पत्रकार मञ्च विगतमा क्रियाशील भए पनि पछिल्ला वर्षमा सुस्ताएकाले आगामी दिनमा चलायमान बनाउन कार्यसमिति बिस्तार, सदस्यता बितरण, वार्षिक कार्ययोजनाका साथै अघि बढ्ने बताउनुभयो । कोषाध्यक्ष कृष्ण कार्कीले भेला पछि खेलकुद पत्रकारहरुका लागि तालिम सञ्चालन, सम्मान लगायतका कार्यक्रम गरी स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, खेल सम्वद...
काफलले लियो ज्यान

काफलले लियो ज्यान

स्थानीय खबर
पाल्पा, बैशाख १८ काफल टिप्ने क्रममा रुखबाट लडेर पाल्पामा एक युवाको ज्यान गएको छ । घर नजिकैको जंगलमा काफल टिप्ने क्रममा लडेर रैनादेबी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षिय सुर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पाल्पामा भएको बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाईतेको उद्धार हुँदै

पाल्पामा भएको बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाईतेको उद्धार हुँदै

स्थानीय खबर
पाल्पा, बैशाख १० पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ । घाईतेहरुको उद्धारकार्य जारी छ । बुटवलबाट बाग्लुङ्गको हटियाका लागी छुटेको लु १ ख ५९५६ नम्बर बस आईतबार बिहान ९ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरीकार्यालय, पाल्पाले जनाएको छ । ज्यान गुमाउने महिला हुन् । घाईते १८ जनाको उद्धारकार्यजारी रहेको प्रहरीले जनाएको छ । बस भीरमा अड्किएको अवस्थामा रहेको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।...
ज्वालादेवी मन्दिरको आठौँ वार्षिकोत्सव तथा मन्दिर शिलन्यास

ज्वालादेवी मन्दिरको आठौँ वार्षिकोत्सव तथा मन्दिर शिलन्यास

Breaking News, Entertainment, Travel, धर्म/संस्कृति, स्थानीय खबर
पाल्पा-रामपुर नगरपालिका वडा नं १० होस्दीको फुलवारीमा नयाँवर्ष २०८० को पावन अवसरमा ज्वालादेवी मन्दिर संरक्षण समितिको आठाैं वार्षिकोत्सव तथा ज्वालामाई मन्दिरको शिलान्यास कार्यक्रम भएको छ । ज्वालादेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएको हो । प्रदेश सभा सदस्य श्रेष्ठले मन्दिरको शिलान्यास गर्नुहुदै पछिल्लो समय भौतिकवादले समस्या भएको, पश्चिमा संस्कृतिले विभिन्न विकृती ल्याएको हुदा धार्मिक कार्यका गतिविधिले विकृती विसंगती रोक्न सघाउ पुग्ने बताउनुभएको छ । विकासमा एकजुट हुन सकिएन भने पछाडी परिने बताउनुहुदै सबैको साथ सहयोगमा विकासका काम गर्ने, कालिगण्डकी करिडोरले यो क्षेत्रमा ठुलो विकासका गतिविधि अगाडी बढेको हुदा यस सडक आसपासका क्षेत्रमा योजनाबद्द तरिकाले विकासमुलक काम गर्नुपर्नेमा प्रद...
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली स्याङ्जा हुँदै पाल्पामा

गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली स्याङ्जा हुँदै पाल्पामा

Entertainment, Sports, Travel, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा, ३ वैशाख । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो । नेपाली सेनाले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले गोरखाबाट निस्केको टोली पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको थियो । सो टोलीका सदस्यलाई रामपुरमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतले स्वागत गर्नुभएको थियो । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हँुदै उक्त टोली पैदलै बुटवल पुग्ने योजनामा छ । एकीकरणमार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भाव...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Breaking News, Politics, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।
शिक्षक संघ रैनादेवी छहरा पाल्पाको शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान

शिक्षक संघ रैनादेवी छहरा पाल्पाको शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान

breaking news 2, ट्रेन्डिङ, स्थानीय खबर
बैशाख । नेपाल शिक्षक संघ रैनादेवी गाउँपालिका पाल्पाको आयोजनामा शिक्षक सम्मान, बधाई, शुभकामना तथा नयाँ वर्ष २०८० सालको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरु अनुशासित सँगै विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिन आग्रह गरे । उनले शिक्षकहरुको भुमिका शिक्षा क्षेत्र सँगै समाजको मुहार फेर्नमा उल्लेखनिय भुमिका रहेको बताए । विशिष्ठ अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य राम कार्की, नेपाली कांग्रेस रैनादेवी छहरा गाउँपालिका सभापति विष्णु पोखरेल, काँग्रेस पाल्पाका प्रदेश सभाका सचिव शंकर भण्डारी, नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष धन कुमारी राना, प्रदेश प्रतिनिधि नारायण पौड्याल, जिल्ला सदस्य भोज बहादुर गाहा, नेपाल शिक्षक महासंघ जिल्ला सदस्य थानेश्वर भण्डारी, राधा श्रेष्ठ...