बाबुले हानेको बन्दुकको गोली लागेर पाल्पामा छोराका ज्यान गयो

पाल्पा, साउन ३०
बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर पाल्पामा छोराको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका ६ तल्लोतालका ५६ वर्षिय कर्ण बहादुर लम्तरीले जंगली जनावर स्याललाई हान्ने क्रममा छोरा ३६ वर्षिय धन बहादुर लम्तरीको ज्यान गएको हो । घर देखि शय मिटर टाढा मकैबारीमा आएको स्याललाई हान्ने क्रममा छोराको टाउँकोमा गोली लागेपछि धन बहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । मृतक धन बहादुर स्थानीय नारायण माबिका प्रा.बि शिक्षक हुन् । बन्दुक पड्काउने कर्ण बहादुरलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *