पाल्पा, असार ३
३ दिन पछि पाल्पा बुटवलको सडक सुचारु भएको छ । गएको मंगलबार देखि अवरुद्ध भएको बाटो बिहिवार दिउँसो पौन ३ बजेपछि मात्रै सुचारु भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवलको सडकका दर्जनौ स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो ।
पहिरोले बाटो नै बगाएपछि नियमित रुपमा बाटो संचालनमा ल्याउन समस्या भएको थियो ।