कृषि अनुदान कर्जाका लागी ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिका बीच सहमति

पाल्पा, श्रावण १९
कृषि अनुदानकर्जामा सानाकिसानको पँहुच बढाउनको लागि ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिका बीच सहमति भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाई, हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघ , संगको समन्वयमा कृषिअनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरी बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल, तानसेन शाखाका शाखा प्रबन्धक बिर बहादुर सारु र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । ग्लोबल आइएमई बैंक, पाल्पाका शाखा प्रवन्धक बीर बहादुर सारुका अनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगर भित्र बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदानगर्ने समेत सहमतिमा उल्लेख छ । सहमति तथा हालको नियमानुसार महिलाले संचालन गरेका कृषि ब्यवशायीलाई ६ प्रतिशत तथा पुरुषले संचालन गरेका कृषि ब्यवशायीलाई ५ प्रतिशत ब्याज अनुदानमा कर्जा प्रवाह हुने छ । सबैकालागि बैंक भन्ने नाराका साथ ७६ जिल्लाभरी तथा मुलक बाहिर समेत सेवा विस्तार गरिआएको ग्लोबल आइएमई बैंकले २३ लाखभन्दा बढि ग्राहकमा सेवा प्रदान गरिरहेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *