पाल्पाको निशेधाज्ञा २२ गतेसम्म लम्बियो, कार्यालय, यातायात, होटल तथा रेष्टुरेन्ट बन्द

पाल्पा, असार ११
पाल्पामा जारी निषेधाज्ञा १० दिन थपिँदै असार २२ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको बैठकले जारी निशेधाज्ञालाई केही खुकुलो बनाउँदै समयाअवधी थप गरेको हो । बैठकले सार्वजनिक यातायाता , होटल तथा रेष्टुरेन्ट भने बन्द गर्ने निर्णय गरेको हो । अत्यावश्यक पसलहरु बिहान ७ देखि १२ बजे सम्म संचालन हुने छन् । यस अघि बिहान ७ देखि ११ बजे सम्मका लागी संचालन भएका बैंक तथा बित्तिय संस्थाहरु कार्यालय समय बिहान १० देखि बेलुकी ५ बजे सम्म नै खुला हुने भएको छ । बैठकले सार्वजनिक सवारी, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, होटल तथा रेष्टुरेन्ट भने बन्द गर्ने निर्णय गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *