खुकुलो बनाउँदै पाल्पाको निशेधाज्ञा ३१ गते सम्म थपियो

पाल्पा, असार २१
पाल्पामा जारी निशेधाज्ञालाई खुकुलो बनाउँदै ३१ असार सम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्पन्न बैठकले मालपोत, नापी, वडा तथा नगरपालिका लगाएत सम्पूर्ण सरकारी कार्यालयहरु संचालन गर्ने निर्णय गरेको हो । बैठकले यस अघिको निर्णयलाई अथावत राख्दै अत्यावश्यक पसलहरु भने बिहान ७ देखि दिउँसो ३ बजे सम्म संचालन हुन पाउने निर्णय भएको बैठकमा सहभागी पत्रकार महासंघ, पाल्पा शाखाका उपसभापति भरत शर्माले जानकारी दिनुभयो । रेष्टुरेन्ट तथा खाजाघरहरुले बिहान ७ देखि साँझ ७ बजे सम्म मात्रै (प्याकिङ्ग ) सेवा दिन पाउने छन् । बैठकले सार्वजनिक यातायात संचालनमा रोक लगाएपनि निजि सवारी भने पसल संचालनको अवधी दिउँसो ३ बजे सम्म संचालन हुन पाउने निर्णय भएको छ । भिडभाड हुने सभा सम्मेलन, ब्यूटिपार्लर, बैठक, भाजे भतेर, शैलुन लगाएतका क्षेत्र संचालन हुन पाउने छैनन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *