करणीबाट जन्मिएकी शिशुको ज्यान गयो

पाल्पा, श्रावण ६
पाल्पामा जवरजस्ती करणी बाट जन्मिएकी शिशु (छोरी) को ज्यान गएको छ । करणीमा संलग्नको आरोपमा तानसेनका ४४ वर्षिय अर्जुन बि.क पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार गएको असार ३० गते तानसेन नगरपालिकाकी ३४ वर्षिया अविवाहित महिलाले आफ्नै घरमा नवजात शिशु (छोरी) जन्माएकी थिइन् ।

साउन ४ गते नवजात शिशु बिरामी भएपछि उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा ज्यान गएको हो । ४ गते नै करणी पछि शिशुको जन्म भएको भन्दै किटानी जाहेरी भएपछि बिवाहित रहेका अर्जुन बिकलाई पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *