पाल्पा, साउन १९
जिल्ला प्रशासन कार्यालय, पाल्पाले आगामी २९ गते सम्मका लागी आफ्ना सेवाहरु बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्धा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको हो । प्रशासनमा कार्यरत नौ जना कर्मचारीको कोरोना परीक्षणमा पाँच कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । पाल्पामा कोरोना संक्रमणको जोखिम रहीरहेकाले स्वास्थ्य मापदण्डको पालनामा जोड दिन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कोरोना संक्रमित थपिने र निको हुनेको संख्या पछि बढ्दै गएको जानकारी दिदै स्वास्थय कार्यालयले पाल्पामा ३९५ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।