पाल्पा, असार १७
७८ वर्षिया बृद्धालाई करणी गरेको आरोपमा पाल्पामा एक युवा पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी ७८ वर्षिया वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा रोल्पा लुङग्री ७ घर भई हाल माथागढी गाउँपालिकामा कुलो निर्माणको काममा रहेका १९ वर्षिय शंकर विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घरमा कोही नभएको समयमा मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।