गुल्मी, असोज २९
गुल्मीमा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ६ जना घाईते भएका छन् । रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा भएको जिप दुर्घटनामा मुसिकोट नगरपालिका २ जलजले का ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका २ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नपा ३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवलबाट तम्घासका लागी छुटेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना परेको हो । दुर्घटनामा घाईते भएका ६ जना मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा मुसिकोट नगरपालिका ३ चुदारीगाउँका ४७ वर्षीया सुमित्रा सुनार, मुसिकोट नगरपालिका २ जलजले बस्ने ३८ बर्षीया जुना थापा र भरतपुर उपमहानगरपालिकी ५० बर्षीया राधा केसी गम्भीर घाइते हुनुभएको छ । त्यस्तै मुसिकोट नगरपालिका २ जलजलेकी ४३ बर्षीया खिमा थापा, मुसिकोट नगरपालिका २ जलजलेका गाडी चालक २६ बर्षीय कमल थापा र मुसिकोट नपा २ जलजलेका ३६ बर्षीय राजु थापा सामान्य घाइते भएका हुनुभएको छ । घाइतेको गुल्मी अस्पताल र पाल्पाका अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।