आलमदेवीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

प्रर्थ थापा मगर
स्याङ्जा, कार्तिक २२
स्याङ्जाको आलम देबीमा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय जनज्योति क्लब कालीगण्डकी ३, आलमदेवीले देउरालीले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । बिगत ३५ वर्ष देखि हरिबोधनी एकादशीको अवसर पारेर पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लवले यो वर्ष पनि पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको क्लब अध्यक्ष टोप बहादुर रानाले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी हुन पालिकाको लेटर हेडमा आधिकारिक छाप सहित वा क्लबको लेटरहेडमा आधिकारिक छाप सहित कार्तिक २६ गते दिउँसो १२ बजे सम्म दर्ता हुनु पर्ने छ ।

समूह दर्ताका लागी पाँच हजार तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रोले पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र तृतिय हुनेले पच्चीस हजार नगद, शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सान्त्वना पुरस्कार पन्ध्र हजार र प्रमाणपत्र राखिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट प्लेयर , वेस्ट डिफेन्डर तथा वेस्ट स्पाइकर लाई जनही २ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ । खेल अवधिमा स्थानीय कलाकार द्वारा सांस्कृतिक कार्यक्रम समेत रहने क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *