पहिरो हटाउन पाल्पा बुटवल सडक रातीमा बन्द

पाल्पा, भाद्र १८
पहिरो हटाउन पाल्पा बुटवल सडक रातीमा बन्द गरिएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडक खण्डको तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालयको अनुरोधमा रातको समयमा सिद्धार्थराजमार्ग बन्द गरिएको जनाउँदै जिल्ला प्रशासन कार्यालय पाल्पाले एम्बुलेन्सबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

चार घरमा क्षति पुग्ने गरी केही दिन अघि झरेको पहिरोले एकतर्फी यातायात सञ्चालन गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *