पाल्पा, कार्तिक १
नेकपा ( एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण नयाँ पार्टी जन्मिएको बताउनुभएको छ । शहरी विकास मन्त्री समेत रहनुभएकी झाक्रीले इतिहासमै ओलीले धेरै राम्रो अवसर गुमाएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार विहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री झाक्रीले आफ्नै बहुमतको सरकार हुँदा समेत ओलीले सुसासन भन्दा कुसासन दिने काम भएको आरोप लगाउनुभयो । सामान्य संवाद समेत नगरी एक्कै हिड्ने ओलीको बानीले नयाँ पार्टी जन्मिएको उहाँको भनाई थियो । कुनै विज्ञ वा प्राविधिकको अध्ययन, सम्भाब्यताको खोजी विनै हावाको गफ दिएर ओलीले समय खर्चिएको बताउँदै नेत्रृ झाकीले प्रधानमन्त्री जस्तो ब्यतिmले प्राबिधिक, संभाब्यता, आवश्यकता बिनै प्रधानमन्त्री बोल्ने , बिना अध्धयान हावादारी गफ गरेर समय खर्चिए पछि जनताले समेत विश्वास नगरेको बताउनुभयो ।
पूर्बपार्टी एमाले बाट बिद्रोह गरेर बनाएको नयाँ पार्टी देश र जनता प्रति उत्तरदायी भएर अघि बढ्ने बताउँदै उहाँले युवाहरुको सहभागीतामा देशभरी पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिनुभयो । भर्खर मात्रै मन्त्री बन्नु भएकी नेतृ झाक्री आफू ३ दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका बिषयमा थप जानकारी लिन नपाएको उहाको भनाई छ । संबिधानको रक्षा गर्दे जनताको भावना र चाहना अनुसार अघि बढ्नकै लागी राजनैतिक गठबन्धन भैरहेको भन्दै पार्टी पार्टी बिचको गठबन्धनले निरन्तरता पाईरहने समेत उहाको भनाई छ ।