घरको गारो भत्किदा च्यापिएर १० वर्षिया बालिकाको ज्यान गयो

पाल्पा, भाद्र १३
पाल्पामा घरको गारो भत्किदा च्यापिएर १० वर्षिया बालिकाको ज्यान गएको छ । तानसेन ५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडीको गारो भत्किदा उहाँको छोरी १० वर्षिया नैना दर्जीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किदा गंभिर घाइते भएकी नैनालाई उपचारका लागी युनाइटेड मिशन अस्पताल पुर्याएपनि डाक्टरले मृत घोषित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *