पाल्पा, असार २९
पाल्पामा एक वडा अध्यक्षको निधन भएको छ । निस्दी गाउँपालिका ४ का वडा अध्यक्ष न्योबहादुर सुनारी मगरको निधन भएको छ । उपचारका क्रममा तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा उहाँको निधन भएको छोरा सुवास सुनारीले जानकारी दिनुभयो ।
ने.क.पा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका सुनारीलाई स्वास्थ्यमा समस्या भएपछि सोमबार मात्रै अस्पताल लगिएको थियो ।