Author: puskar

ट्रिपरको ठक्करबाट श्रीमतीको ज्यान गयो , श्रीमान गंभिर घाइते

ट्रिपरको ठक्करबाट श्रीमतीको ज्यान गयो , श्रीमान गंभिर घाइते

स्थानीय खबर
पाल्पा, फागुन २३ ट्रिपरको ठक्करबाट शुक्रबार दिउँसो पाल्पामा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गंभिर घाईते हुनुभएको छ । तानसेन ७ लामीडाँडाँमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी बसेकी तानसेन ७ का ५५ वर्षिया मधु श्रेष्ठको ज्यान गएको हो । मोटरसाईकल चालक मुधका श्रीमान ६२ बर्षिय हिमाल प्रसाद श्रेष्ठ गंभिर घाईते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज,प्रभासमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार तानसेन बाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाईकललाई सोही दिशामा गएको लु २ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो । ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   यस अघिको समाचारमा ट्रिपरको ठक्करबाट श्रीमतीको ज्यान गयो , श्रीमान गंभिर घाइते हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको । सम्पादक ।...

हुम बहादुर पचभैयाको नेतृत्वमा भूपु सैनिक प्रहरी संघ

breaking news 1
रुपन्देही, फागुन १२, नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको अध्यक्षमा हुम बहादुर थापा (पचभैया) निर्वाचित हुनु भएको छ । बुटवलमा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिबेशन बाट निवर्तमान अध्यक्ष रहनुभएका थापालाई दोस्रो कार्यकालका लागि सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । बेलायती सैनिक बाट अवकास लिनुभएका पाल्पाका हुम बहादुर थापा पचभैया, जनजाति महासंघ हङकङका संस्थापक अध्यक्ष हुनुहुन्छ । मगर संघ हङकङका संस्थापक समेत रहनुभएका हुम बहादुरले दुई कार्यकाल सफलताका साथ मगर संघ हङकङमा अध्यक्षको जिम्मेवारी समाल्नुभएको थियो । महाधिबेशनले बरिष्ठ उपाध्यक्षमा लुम बहादुर खाम्चा (गुल्मी ) ५ नम्बर प्रदेश , उपाध्यक्ष हस्त बहादुर थापा (तनहु ) गण्डकी प्रदेश, महासचिब भीम बहादुर राना (रुपन्देही ) प्रदेश ५ , सचिब सुर्य बहादुर थापा (तनहु) प्रदेश ४, संगठन सचिब मन बहादुर थापा (नवलपुर ,सुनवल) प्रदेश ५ , को...
सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

अन्तर्राष्ट्रिय खबर, अर्थ, खेलकुद, जीवनशैली, धर्म/संस्कृति, प्रवास, भिडियो, मनोरन्जन, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा, मंशिर १८ सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलेको छ । ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना खुलेको हो । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन खुलाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक असई पदमा पनि आवेदन आह्वान गरिएको छ । सो पदमा खुला १२८ सहित कुल २३९ पदमा आवेदन मागिएको छ । आबेदनका लागी एक महिना समय दिइएको छ । आगामी पौष १७ गते सम्म आवेदन दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरी निरिक्षकका लागी उमेर २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ । स्नातक तह वा सो सरह पास भएकाले मात्रै आबेदन दिन पाउने छन् । पुरुषको हकमा कम्तीमा ५ फिट २ इन्च र महिला कम्तीमा ५ फिट हुनुपर्ने छ । सशस्त्र प्रहरी सहायक निरीक्षक असई पदका लागी उमेर १८ बर्ष पुगी २३ बर्ष भित्रको हुनेपर्नेछ । प्रमाणपत्र तह उर्तिणले मात्रै यसमा ...
मिलन गाहाको नेतृत्वमा फोनिज प्रदेश ५

मिलन गाहाको नेतृत्वमा फोनिज प्रदेश ५

अन्तर्राष्ट्रिय खबर, अर्थ, खेलकुद, जीवनशैली, धर्म/संस्कृति, प्रवास, भिडियो, मनोरन्जन, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा, मंशिर १७, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) प्रदेश ५ को अध्यक्षमा पाल्पा (हाल रुपन्देही) का मिलन गाहा निर्वाचित हुनुभएको छ । मंगलबार तिनाउँ गाउँपालिकाको सुकेताल होमस्टेमा सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट सर्वसम्मत रुपमा गाहा निर्वाचित हुनुभएको हो । फोनिज प्रदेश ५ को उपाध्यक्षमा खुल्लातर्फ सवी थारु (दाङ्ग ) र महिला उपाध्यक्षमा प्रभा गाहा ( रुपन्देही) निर्वाचित हुनुभयो । महाधिबेशनले बाकेका गजेन्द्र गुरुङ लाई महासचिवमा निर्वाचित गरेको छ । नगेन्द्र चौधरी (दाङ्ग ) संगठन सचिव, रविन्द्र पुन मगर (रोल्पा) संस्थागत सचिव र विनोद श्रेष्ठ (पाल्पा) लाई कोषाध्यक्षमा निर्वाचित गरेको हो । महाधिबेशनले अल्पसंख्यक सदस्यमा मिना कुमाल, महिला सदस्यमा निता चौधरी र यमुना चौधरी, सदस्यहरु बिष्णु कुमार आले, राम अवतार चौधरी, प्रज्वल श्रेष्ठ र रबिन्द्रमान शेरचनलाई निर्वाचित गरेको छ । स्वतन...
महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता, सागमा स्वर्ण वा रजत पक्का

महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता, सागमा स्वर्ण वा रजत पक्का

अन्तर्राष्ट्रिय खबर, अर्थ, खेलकुद, जीवनशैली, धर्म/संस्कृति, प्रवास, भिडियो, मनोरन्जन, राष्ट्रिय खबर, स्थानीय खबर
काठमाण्डौ, मंशिर १५ , महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता मिलेको छ । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले पदक जित्ने पक्का भएको हो । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला समुहले कमसेकम पनि रजत पदक जित्ने सुनिश्चित भएको छ । रेकर्ड राख्ने क्रममा नेपालले श्रीलंकालाई तीन शून्यको सोझो सेटमा हराएको हो । यो भन्दा पहिले कास्य पदकभन्दा माथि चढ्न नसकेको नेपालले अहिले स्वर्ण वा रजत जित्ने भएको छ । काठमाण्डौमा भएका प्रतियोगितामा नेपालले श्रीलंकालाई २५—१४, २५—१८ र २५—२१ को सेटमा जितेको छ । नेपालले यसअघि सागमा तीन पटक कास्य मात्रै जितेको छ । १९९९, २००६ र २०१६ मा नेपालले कास्य हात पारेको थियो । उपाधिका लागि अब नेपाली महिला समुहले भारतसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित भएर समूह उपविजेता बनेको थियो । श्रीलंका माथि बिजयी भएपछि नेपाली टोलीकी कप्त...
जनजाति पत्रकार महासंघ, ५ नम्बर प्रदेशको महाधिबेशन पाल्पामा हुँदै

जनजाति पत्रकार महासंघ, ५ नम्बर प्रदेशको महाधिबेशन पाल्पामा हुँदै

अन्तर्राष्ट्रिय खबर, अर्थ, खेलकुद, जीवनशैली, धर्म/संस्कृति, प्रवास, भिडियो, मनोरन्जन, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा, मंशिर १३ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) ५ नम्बर प्रदेशको प्रथम प्रादेशिक महाधिबेशन पाल्पामा हुने भएको छ । यही मंशिर १६ गते सोमबार तिनाउँ गाउँपालिका वडा नम्बर ४ को लगार गाँउमा रहेको मगर होम स्टेमा महाधिबेशन हुने फोनिज ५ नम्बर प्रदेशका इन्चार्ज देब पचभैया मगरले जानकारी दिनुभयो । प्रदेश ५ का १२ वटै जिल्लाका अध्यक्ष, प्रतिनिधि, पर्यबेक्षक गरी महाधिबेशनमा २ सय बढीको सहभागीता रहने जनाइएको छ । महाधिबेशनमा फोनिजका केन्द्रिय समिति, पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस संगठनका प्रदेश प्रमुखको सहभागीता रहने आयोजकले जनाएका छन् । महाधिबेशन सम्पन्न गर्न बिभिन्न तयारी भैरहेको फोनिज केन्द्रका लेखा समिति सदस्य सुन्दर थापाले जानकारी दिनुभयो । आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई एकसुत्रमा आवद्व गरी व्यावसायिक नेतृत्व प्रदान गर्ने र पेशागत हक, हितको संरक...
बाग्लुङ्ग दुर्घटनामा मर्नेको परिचय खुल्यो (अपडेट समाचार )

बाग्लुङ्ग दुर्घटनामा मर्नेको परिचय खुल्यो (अपडेट समाचार )

अन्तर्राष्ट्रिय खबर, खेलकुद, जीवनशैली, प्रवास, भिडियो, मनोरन्जन, राष्ट्रिय खबर, स्थानीय खबर
बाग्लुङ, मंशिर १७ बागलुङमा भएको जीप दुर्घटनामा मृत्यू हुने १४ जनाकै परिचय खुलेका छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा भएको दुर्घटना गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीया सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्की, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, वर्ष ४० का महेन्द्र कार्की, वर्ष ४५ की भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का बर्ष ५५ की लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की र कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले जनाएको छ । दूर्घटनाका घाइते नवलपरासी बर्दघाट नगरपालिका–२ का वर्ष २२ का जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपाल...