हुम बहादुर पचभैयाको नेतृत्वमा भूपु सैनिक प्रहरी संघ

रुपन्देही, फागुन १२,

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको अध्यक्षमा हुम बहादुर थापा (पचभैया) निर्वाचित हुनु भएको छ । बुटवलमा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिबेशन बाट निवर्तमान अध्यक्ष रहनुभएका थापालाई दोस्रो कार्यकालका लागि सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । बेलायती सैनिक बाट अवकास लिनुभएका पाल्पाका हुम बहादुर थापा पचभैया, जनजाति महासंघ हङकङका संस्थापक अध्यक्ष हुनुहुन्छ । मगर संघ हङकङका संस्थापक समेत रहनुभएका हुम बहादुरले दुई कार्यकाल सफलताका साथ मगर संघ हङकङमा अध्यक्षको जिम्मेवारी समाल्नुभएको थियो ।

महाधिबेशनले बरिष्ठ उपाध्यक्षमा लुम बहादुर खाम्चा (गुल्मी ) ५ नम्बर प्रदेश , उपाध्यक्ष हस्त बहादुर थापा (तनहु ) गण्डकी प्रदेश, महासचिब भीम बहादुर राना (रुपन्देही ) प्रदेश ५ , सचिब सुर्य बहादुर थापा (तनहु) प्रदेश ४, संगठन सचिब मन बहादुर थापा (नवलपुर ,सुनवल) प्रदेश ५ , कोषाध्यक्ष गौमती थापा (कास्की ) गण्डकी प्रदेश, सहकोषाध्यक्ष निल बहादुर थापा, (काठमाण्डौ) बाग्मती प्रदेश लाई सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक एबम् नेपालमगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टाले जानकारी दिनुभयो ।

महाधिबेशनले २७ सदस्सिय कार्यसमिति निर्वाचित गरेको र बाँकी ६ जना सदस्य केन्द्रिय समितिले मनोनित गर्ने निर्वाचन प्रमुख बिरकट्टाको भनाई छ । बिरकट्टाको संयोजकत्वमा महाधिबेशनको निर्वाचन सम्पन्न गर्न पूर्व प्रहरी बरिष्ठ उपरिक्षक मान बहादुर रजाली, मगर संघ केन्द्रिय सदस्य सुबेदार मेजर चन्द्र बहादुर राना, संघका पूर्ब अध्यक्ष सुबेदार मन बहादुर पुलामी र रुपन्देही जिल्ला समितिका अध्यक्ष टोल प्रसाद राना मगर सदस्य रहेको निर्वाचत समिति रहेको थियो । मगर जनसंख्या र बस्तीका आधारमा जिल्ला, प्रदेश र संघलाई समेटेर समिति निर्माण भएको जानकारी दिदै नवनिर्वाचित अध्यक्ष हुम बहादुर थापाले दोस्रोकार्यकालका लागी आफूलाई दिएको जिम्मेवारी सफलताका साथ सम्पन्न गर्न सक्रिय रुपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल मगर संघ बुटवल, १३ इकाई समितिको ब्यवस्थापनमा बुटवल १३ पितृथान, बदेलपोखरीमा भएको महाधिबेशनको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले उद्घाटन गर्नुभएको थियो । महाधिबेशनमा ७ वटै प्रदेशका ३ सय बढी प्रतिनिधि र पर्यबेक्षकहरु सहभागी थिए । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, शसत्र प्रहरी, नेपाली सेना, भारतीय तथा बेलायती सेना, सिङ्गापुर प्रहरीमा आवद्ध मगर भूपूहरुको सहभागीता छ । नेपाल मगर संघमा आबद्ध मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ सबैपार्टीमा बिचार राख्ने मगर भूपूहरुको साझा संस्था हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *