ट्रिपरको ठक्करबाट श्रीमतीको ज्यान गयो , श्रीमान गंभिर घाइते

पाल्पा, फागुन २३
ट्रिपरको ठक्करबाट शुक्रबार दिउँसो पाल्पामा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गंभिर घाईते हुनुभएको छ । तानसेन ७ लामीडाँडाँमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी बसेकी तानसेन ७ का ५५ वर्षिया मधु श्रेष्ठको ज्यान गएको हो । मोटरसाईकल चालक मुधका श्रीमान ६२ बर्षिय हिमाल प्रसाद श्रेष्ठ गंभिर घाईते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज,प्रभासमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार तानसेन बाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाईकललाई सोही दिशामा गएको लु २ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो । ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यस अघिको समाचारमा ट्रिपरको ठक्करबाट श्रीमतीको ज्यान गयो , श्रीमान गंभिर घाइते हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको । सम्पादक ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *