महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता, सागमा स्वर्ण वा रजत पक्का

काठमाण्डौ, मंशिर १५ ,
महिला भलिबलमा नेपाललाई ऐतिहाशिक सफलता मिलेको छ । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले पदक जित्ने पक्का भएको हो । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला समुहले कमसेकम पनि रजत पदक जित्ने सुनिश्चित भएको छ । रेकर्ड राख्ने क्रममा नेपालले श्रीलंकालाई तीन शून्यको सोझो सेटमा हराएको हो । यो भन्दा पहिले कास्य पदकभन्दा माथि चढ्न नसकेको नेपालले अहिले स्वर्ण वा रजत जित्ने भएको छ । काठमाण्डौमा भएका प्रतियोगितामा नेपालले श्रीलंकालाई २५—१४, २५—१८ र २५—२१ को सेटमा जितेको छ । नेपालले यसअघि सागमा तीन पटक कास्य मात्रै जितेको छ । १९९९, २००६ र २०१६ मा नेपालले कास्य हात पारेको थियो । उपाधिका लागि अब नेपाली महिला समुहले भारतसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित भएर समूह उपविजेता बनेको थियो । श्रीलंका माथि बिजयी भएपछि नेपाली टोलीकी कप्तान अरुणा शाहीले चार महिना गरेको मेहनतको फल राम्रै भएको बताउनुभयो । प्रशिक्षक जगदिश भट्टले सागकै लागि भनेर गरेको तयारीले नजिता दिलाएको प्रतिक्रिया दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *