धर्म/संस्कृति

२०८० असार ३ गते, आजको राशिफल हेर्नुहोस्

२०८० असार ३ गते, आजको राशिफल हेर्नुहोस्

breaking news 1, धर्म/संस्कृति
२०८० असार ३ गते, आइतवार, १८ जुन २०२३। आषाढ कृष्णपक्ष औंसी तिथि, ९ः११ बजेपछि आषाढ शुक्ल प्रतिपदा। मृगशिरा नक्षत्र, १७ः४५ बजेपछि आर्द्रा। चन्द्रराशि– मिथुन उपप्रा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा ...
ज्वालादेवी मन्दिरको आठौँ वार्षिकोत्सव तथा मन्दिर शिलन्यास

ज्वालादेवी मन्दिरको आठौँ वार्षिकोत्सव तथा मन्दिर शिलन्यास

Breaking News, Entertainment, Travel, धर्म/संस्कृति, स्थानीय खबर
पाल्पा-रामपुर नगरपालिका वडा नं १० होस्दीको फुलवारीमा नयाँवर्ष २०८० को पावन अवसरमा ज्वालादेवी मन्दिर संरक्षण समितिको आठाैं वार्षिकोत्सव तथा ज्वालामाई मन्दिरको शिलान्यास कार्यक्रम भएको छ । ज्वालादेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएको हो । प्रदेश सभा सदस्य श्रेष्ठले मन्दिरको शिलान्यास गर्नुहुदै पछिल्लो समय भौतिकवादले समस्या भएको, पश्चिमा संस्कृतिले विभिन्न विकृती ल्याएको हुदा धार्मिक कार्यका गतिविधिले विकृती विसंगती रोक्न सघाउ पुग्ने बताउनुभएको छ । विकासमा एकजुट हुन सकिएन भने पछाडी परिने बताउनुहुदै सबैको साथ सहयोगमा विकासका काम गर्ने, कालिगण्डकी करिडोरले यो क्षेत्रमा ठुलो विकासका गतिविधि अगाडी बढेको हुदा यस सडक आसपासका क्षेत्रमा योजनाबद्द तरिकाले विकासमुलक काम गर्नुपर्नेमा प्रद...
दशैंका लागि १० नौला गन्तव्य

दशैंका लागि १० नौला गन्तव्य

धर्म/संस्कृति
काठमाण्डौं, भाद्र २४ सुकिलो याम । न धेरै गर्मी, न जाडो । न झरी, न हुरी । दशैं-तिहारको घमाइलो मौसममा निस्फिक्री घुमफिर गर्नुको मज्जा नै बेग्लै हुन्छ । कामधन्दाबाट पाउने यो लामो विश्राममा नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ खानपान, नयाँ जीवनशैलीसँग साक्षात्कार गरिरहँदा वास्तवमै नयाँपनको अनुभूति हुन्छ । यस्तै अनुभूति सँगाल्नका लागि घुमघामको योजना बनाइरहेकाहरुले नयाँ-नयाँ गन्तव्य पहिल्याउन सक्छन् । नेपालमा यस्ता थुप्रै गन्तव्य छन्, जसले घुमफिरलाई रोमाञ्चक र स्मरणीय बनाइदिन्छ । दुनै (डोल्पा) हिमालको चिसो सिरेटो, लेकाली जीवनशैली अनि रैथाने खान्की । भिन्न परिवेशमा रमाउन चाहनेका लागि गज्जबको गन्तव्य हो दुनै । यो डोल्पा जिल्लाको सदरमुकाम हो । यहाँ खान-बस्नको राम्रो प्रबन्ध छ । त्यसैले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन । आसपासमा अग्ला टाकुरा, माझमा कञ्चन हिमाली खोला । खोलाको दुवै किनारमा लमतन्न दुनै ब...
राउटे युवतीमाथि भएको दुव्र्यवहारको भिडियोमा के छ ?

राउटे युवतीमाथि भएको दुव्र्यवहारको भिडियोमा के छ ?

धर्म/संस्कृति
सुर्खेत, जेठ २४ राउटे समुदायका २ युवतीलाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न तीन यूवालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रकृया अघि बढाएको प्रहरीको भनाई छ । राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लगेर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल यूटुब, टिकटक र फेसबुकमा सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोग, नेपाल आदिवासी जनजाति महासंघ लगाएतका संघसंस्थाले घटनामा संलग्नमाथि तत्काल कारवाहीको माग गरेका थिए । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुर्भाकोटका ३५ वर्षिय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुनमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । भिडियोमा के छ ? भिडियोमा कपडा खोलेका यूवाहरुले दुई यूवातीलाई यौन...
सकियो कि,टेरिएन कोरोना ? भैरबस्थान मन्दिरमा भक्तजनको भिड (फोटो र भिडियो सहित )

सकियो कि,टेरिएन कोरोना ? भैरबस्थान मन्दिरमा भक्तजनको भिड (फोटो र भिडियो सहित )

धर्म/संस्कृति
https://youtu.be/eYGEK6x3mf0 पाल्पा, मंशिर २७ पाल्पाको प्रशिद्ध भैरबस्थान मन्दिरमा शनिबार लागेको भतmजनहरुको भिड हो यो । कडाउन पछि पहिलो पटक शनिबार यति धेरै भिड लागेको स्थानीयले जनाएका छन् । अनिवार्य मास्कको प्रयोग, प्रहरीद्धारा जोरो परिक्षण, सेनिटाईजर प्रदान गर्दे नाम ठेगाना लेख्ने र मन्दिर प्रवेश गराउँने भएपनि कोरोनाको जोखिम थपिएको छ । शयौको भिड रहेपनि भिड ब्यवस्थित गर्ने स्वयम् सेवक नहुँदा बुढा बुढी र बालबालीकालाई लामो लाईनमा बस्न निकै कठिन भएको थियो । ...
रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरियो

रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरियो

धर्म/संस्कृति
पाल्पा, मंशिर १६ पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा सोमबार बिहान कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धकोमूर्ति प्रतिस्थापना गरिएको हो । प्रमुख अतिथि भिक्षु महासंघका अध्यक्ष श्री भिक्षु मैत्री महास्थबिरको उपस्थितिमा भएको प्रतिस्थापन कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समितिका कार्यकारी सदस्य एबं विहार प्रमुख श्री भिक्षु मेधकर स्थबिर (नारायण बहादुर आले मगर) र भिक्षु ज्ञानेन्द्र ज्यूको समेत सहभागीता रहेको थियो । कार्यक्रमका अध्यष एवम् समितिका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले बिहार निर्माणका लागी अहिले सम्म झण्डै १२ लाख खर्च भएको जानकारी दिदै काम सम्पन्न गर्नाका लागी अझै बाकी रहेको जानकारी दिनुभयो...
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाइदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाइदै

धर्म/संस्कृति
काठमाण्डौं, मंशिर ५ आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाएर मनाईदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व गएको बुधबारदेखि सुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बसिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना ) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार बस्ने चलन छ । छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले देशैभरी मनाउन थालिएको छ । यस वर्ष कोरोना महामारीबाट बच्न घरमै सुरक्षित तरिकाले छठ पर्व मनाउन ...
आज तिहारको चौथो दिन , गाई, गोरु र गोवद्र्धन पूजा गरिदै

आज तिहारको चौथो दिन , गाई, गोरु र गोवद्र्धन पूजा गरिदै

धर्म/संस्कृति
पाल्पा, कार्तिक ३० आज तिहारको चौथो दिन । गाई, गोरु र गोवद्र्धनको पूजा गरि मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई माता जस्तै सम्मान गर्ने चलन छ ।गाईको पूजा गरी यस दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास पनि छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । यसैगरी वर्षभर जोतिने गोरु एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि यस दिन पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ । साथै आज नेवार समुदायले मह पूजा मनाउने तयारीमा छन् ।...
पाल्पामा कोरोना संक्रमण बाट ज्यान गुमाएकाको आफन्तलेनै गरे शबको ब्यवस्थापन

पाल्पामा कोरोना संक्रमण बाट ज्यान गुमाएकाको आफन्तलेनै गरे शबको ब्यवस्थापन

धर्म/संस्कृति
पाल्पा, कार्तिक २९ पाल्पामा पहिलो पटक कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाको आफन्तले नै शवको दाह संस्कार गरेका छन् । रिब्दीकोट गाउँपालिका २, देउरालीका ७२ बर्षिय राम प्रसाद पाण्डेको कोरोना सङ्क्रमणबाट होम आइसोलेशनमा शुक्रबार ज्यान गएपछि उहाँका आफन्तले रिडिघाटमा दाहसंस्कार गरेका हुन् । कोरोना संक्रमण बाट ज्यान गुमाएका पाल्पाका अन्य १३ जनाको भने नेपाली सेनाले शवको ब्यवस्थापन गरेको थियो । नेपाल सरकारले हालै जारी गरेको शब ब्यवस्थापन सम्बन्धी निर्देशिकाका आधारमा स्वास्थ्य मापदण्ड पुरा गरी बिरामीको स्याहार शुसारमा खटिएका छोरा, २ नाति, र नातिनि गरि ४ जना बाट शवको ब्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय, पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । जिल्ला प्रशासन, स्वास्थ्य र पालिकाको अनुमतिमा बिरामीको स्याहार सुसारमा खटिएकाले मात्रै स्वास्थ्य मापदण्ड पुर्याएर शब ब्यवस्थापन गर्ने र दाहसंस्क...
आज वाट यमपञ्चक सुरु, कागतिहार भने भोलि

आज वाट यमपञ्चक सुरु, कागतिहार भने भोलि

धर्म/संस्कृति
काठमाण्डौं, कार्तिक २७, आज बाट यमपञ्चक सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार पर्व आजदेखि सुरु हुन लागेको हो । आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भने भोलि शुक्रबार २८ गते परेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर...