
सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने . उपसभामुख राना
तानसेन। प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले समयको दुरुपयोगले पनि भ्रष्ट्राचार मौलाएको बताएकी छन् । सनिवार पाल्पाको तानसेनमा नेपाल आदिवासी जनजाति महासंघले राखेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले पैसाको लेनदेन मात्रै भ्रष्ट्राचार नभएको बताएकी हुन् ।
अहिले संसदमा दैनिक जस्तो सामान्य कुरामा विवाद चर्कका कुरालाई संकेत गर्दै सबैले समयको पालना गर्नुुपर्ने बताइन् । रानाले भनिन, “राजनीतिक दल र सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने बेला आएको छ । कैयौं वर्ष वित्दासम्म एउटा योजना सम्पन्न हुन नसक्दा देशको अवस्था नाजुक बनेको उनको दाबी छ ।”
उनले भनिन्, “म जन्मिदा रेखाङ्कन भएका बाटो अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सुगम भनिएका जिल्लामा पनि विकासले गति लिन सकेको छैन। अहिले पनि मानिसहरु समयमा उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने समस्या यथावत छ । यस्तो अव...