सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

पाल्पा, मंशिर १८
सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलेको छ । ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना खुलेको हो । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन खुलाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक असई पदमा पनि आवेदन आह्वान गरिएको छ । सो पदमा खुला १२८ सहित कुल २३९ पदमा आवेदन मागिएको छ । आबेदनका लागी एक महिना समय दिइएको छ । आगामी पौष १७ गते सम्म आवेदन दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरी निरिक्षकका लागी उमेर २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ । स्नातक तह वा सो सरह पास भएकाले मात्रै आबेदन दिन पाउने छन् । पुरुषको हकमा कम्तीमा ५ फिट २ इन्च र महिला कम्तीमा ५ फिट हुनुपर्ने छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक असई पदका लागी उमेर १८ बर्ष पुगी २३ बर्ष भित्रको हुनेपर्नेछ । प्रमाणपत्र तह उर्तिणले मात्रै यसमा आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *