जनजाति पत्रकार महासंघ, ५ नम्बर प्रदेशको महाधिबेशन पाल्पामा हुँदै

पाल्पा, मंशिर १३ ,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) ५ नम्बर प्रदेशको प्रथम प्रादेशिक महाधिबेशन पाल्पामा हुने भएको छ । यही मंशिर १६ गते सोमबार तिनाउँ गाउँपालिका वडा नम्बर ४ को लगार गाँउमा रहेको मगर होम स्टेमा महाधिबेशन हुने फोनिज ५ नम्बर प्रदेशका इन्चार्ज देब पचभैया मगरले जानकारी दिनुभयो । प्रदेश ५ का १२ वटै जिल्लाका अध्यक्ष, प्रतिनिधि, पर्यबेक्षक गरी महाधिबेशनमा २ सय बढीको सहभागीता रहने जनाइएको छ । महाधिबेशनमा फोनिजका केन्द्रिय समिति, पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस संगठनका प्रदेश प्रमुखको सहभागीता रहने आयोजकले जनाएका छन् । महाधिबेशन सम्पन्न गर्न बिभिन्न तयारी भैरहेको फोनिज केन्द्रका लेखा समिति सदस्य सुन्दर थापाले जानकारी दिनुभयो ।
आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई एकसुत्रमा आवद्व गरी व्यावसायिक नेतृत्व प्रदान गर्ने र पेशागत हक, हितको संरक्षण गर्ने उद्धेश्यले गठन भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)मा जातिय पत्रकारहरुको संस्था आवद्ध रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *