मिलन गाहाको नेतृत्वमा फोनिज प्रदेश ५

पाल्पा, मंशिर १७,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) प्रदेश ५ को अध्यक्षमा पाल्पा (हाल रुपन्देही) का मिलन गाहा निर्वाचित हुनुभएको छ । मंगलबार तिनाउँ गाउँपालिकाको सुकेताल होमस्टेमा सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट सर्वसम्मत रुपमा गाहा निर्वाचित हुनुभएको हो । फोनिज प्रदेश ५ को उपाध्यक्षमा खुल्लातर्फ सवी थारु (दाङ्ग ) र महिला उपाध्यक्षमा प्रभा गाहा ( रुपन्देही) निर्वाचित हुनुभयो । महाधिबेशनले बाकेका गजेन्द्र गुरुङ लाई महासचिवमा निर्वाचित गरेको छ । नगेन्द्र चौधरी (दाङ्ग ) संगठन सचिव, रविन्द्र पुन मगर (रोल्पा) संस्थागत सचिव र विनोद श्रेष्ठ (पाल्पा) लाई कोषाध्यक्षमा निर्वाचित गरेको हो । महाधिबेशनले अल्पसंख्यक सदस्यमा मिना कुमाल, महिला सदस्यमा निता चौधरी र यमुना चौधरी, सदस्यहरु बिष्णु कुमार आले, राम अवतार चौधरी, प्रज्वल श्रेष्ठ र रबिन्द्रमान शेरचनलाई निर्वाचित गरेको छ ।

स्वतन्त्रताको नाउमा प्रेसलाई छाडा छोड्न मिल्दैन ः प्रदेश सभामुख घर्तीमगर

प्रदेश नम्बर ५ का सभामुख पूर्ण घर्तीमगरले स्वतन्त्रताको नाउमा प्रेसलाई छाडा छोड्न नमिल्ने बताउनुभएको छ । पाल्पा स्थित तिनाउँ गाउँपालिकाको सुकेतालमा सोमबार भएको फोनिज प्रदेश ५ को प्रथम प्रादेशिक महाधिवेशनको उद्घाटन सत्रलाई संबोधन गर्दे सभामुख घर्तीले प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्रको कल्पना गर्न नसकिने तर प्रेसलाई छाडा छोड्दा समस्या आउने बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मौलिकतासहिको व्यवस्थाका रुपमा अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । प्रदेशसभाबाट कानुन बनाउँदा प्रेस स्वतन्त्रतालाई ध्यान दिएको सभामुख घर्तीले जानकारी दिनुभयो ।
कार्यक्रममा फोनिज संघिय समितिका अध्यक्ष डण्ड गुरुङ, तिनाउँ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगर, फोनिज संघिय समितिका बरिष्ठ उपाध्यक्ष गजुरधन राई, महासचिव मनोज घर्ती मगर, पत्रकार महासंघ ५ नम्बर प्रदेशका कोषाध्यक्ष गणेश वली, तिनाउँ गाउँपालिकाका प्रबतmा राजेश श्रेष्ठ, नेपाल प्रेस युनियन ५ नम्बर प्रदेशका सहसंयोजक माधब अर्याल लगाएतले महाधिबेशन सफलताको कामना गर्नुभएको थियो । फोनिज ५ नम्बर प्रदेश इन्चार्ज देब पचभैयाको अध्यक्षता, फोनिज संघिय समितिका लेखा समिति सदस्य सुन्दर तरामुको संचालन र फोनिज पाल्पाका अध्यक्ष राजकुमार आलेको स्वागतमा कार्यक्रम भएको थियो । महाधिबेशनमा प्रदेश ५ का १२ वटै जिल्लाका प्रतिनिधि,पर्यबेक्षको सहभागीता रहेको थियो । आदिबासी जनजाति पत्रकारको छाता संगठन फोनिजको देशभर गरेर ५४ जिल्लामा शाखा रहेको छ । विदेशमा ६ शाखा भएको फोनिजमा देशभरबाट करिब ३ हजार पत्रकार आवद्ध रहेको फोनिजका संगठन सचिब मिलन लिम्बुले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *