बाग्लुङ्ग दुर्घटनामा मर्नेको परिचय खुल्यो (अपडेट समाचार )

बाग्लुङ, मंशिर १७

बागलुङमा भएको जीप दुर्घटनामा मृत्यू हुने १४ जनाकै परिचय खुलेका छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा भएको दुर्घटना
गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीया सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्की, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, वर्ष ४० का महेन्द्र कार्की, वर्ष ४५ की भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का बर्ष ५५ की लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की र कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले जनाएको छ । दूर्घटनाका घाइते नवलपरासी बर्दघाट नगरपालिका–२ का वर्ष २२ का जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ की बर्ष २३ की मिना केसीको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई पूर्व मन्त्री गोकर्ण बिष्टले हेलिकोप्टर बाट काठमाण्डौ लगेको स्थानीयले जनाएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाएकाहरु निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *