आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाइदै

काठमाण्डौं, मंशिर ५
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ चढाएर मनाईदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व गएको बुधबारदेखि सुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बसिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना ) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार बस्ने चलन छ । छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले देशैभरी मनाउन थालिएको छ । यस वर्ष कोरोना महामारीबाट बच्न घरमै सुरक्षित तरिकाले छठ पर्व मनाउन सरकारले आग्रह गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *