टीका लगाउँदा कता फर्किने ?

पाल्पा, कार्तिक १०
आज दशैंको प्रमुख दिन, बिजया दशमी । मान्यजनबाट टीका र जमरा लगाएर आर्शिवाद लिएर मनाइँदै छ । टीका लगाउँदा कुन दिशामा फर्किएर लगाइदिने र लगाउने भन्ने बिषय पनि निकै महत्वपूर्ण छ । टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ भन्ने जानकारी धेरैलाई नहुन पनि सक्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाउने पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने धर्मका जानकारहरुले जनाएका छन् । यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ र टीका लगाउनेको सम्मुख पर्छ ।
यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ । आज टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *