पशुपतिको दर्शन संगै तपाईको आजको राशिफल

आज मिति २०७६ साल चैत्र ५ गते बुधबार।चैत्र कृष्णपक्षको नवमी तिथि, सन् २०२० मार्च १८ तारिख । अव लागौ आजको राशिफल तर्फ, मेष राशि(चु,चे,चो,ला,लि,लु,ले, लो अ ) शिक्षामा सफता मिल्ने छ । परिश्रम गर्दा प्रसस्त फाईदा हुनेछ । आज शेयर कारोबारमा फाईदा हुने छ । टाढिएका शत्रुहरु आज मित्र बनेर सहयोग गर्न नजिक आउनेछन् । वृष राशि ( इ,उ, ए, ओ,वा,वि,वु,वे,वो) मनमा निराशा छाउने छ । पारिवारिक झमेला र आफन्त बिच खटपट हुन सक्छ । अधिकार प्राप्त गर्न समेत संघर्ष गर्नुपर्ने देखिन्छ । मिथुन राशि ( का, कि, कु घ,ङ, छ,के,को, हा ) दिन मध्यम खालको छ । फाईदा वेफाईदा बराबरी जस्तै हुने छ । विपतिर वर्ग तिर आर्कषण बढ्ने छ । कडा परिश्रमका साथ अघि बढे केही मात्रामा सफलता मिल्ने देखिन्छ । कर्कट राशि ( हि, हु , हे, हो, डा,डि,डु,डे,डो ) दैनिक कार्यमा सफलता मिल्ने छ ।सामाजिक कार्यमै मन खुशि हुने छ । साथीभाई संगको भेटघाट र सहयोगले आजको दिन वित्ने छ । आज शुरु गरेका काम सम्पन्न हुनेछन् । सिंह राशि ( मा,मि,मु, मे, मो, टा, टि,टु,टे )आजको दिन राम्रो छ । दाम इनाम र पैसा कमाउने योग छ । आर्थिक कारोबारमा सफलता पाउनुहुनेछ । नयाँ रोगजारी र सफलता हात लाग्नेछन् । हराएका चोरिएका वा फिर्ता नभएका सरसामान आज फिर्ता हुने छ । कन्या राशि ( टो,पा,पि,पु,ष,ण,ठ,पे,पो ) खर्च बढ्ने छ । आजको ब्यापार ब्यवशायमा घाटा हुन सक्छ । आर्थिक लेनदेनमा समस्या आउनेछ । यातायात वा बाहनमा खर्च थपिने छ । आज शुरुगरेका कामहरु बिचमै रोकिनेछन् । तुला राशि (रा,रि,रु, रे, रो, ता,ति, तु ,ते ) राजनितिमा सफलता मिल्नेछ । घरमा आउने पाहुनाहरुसंगको भेटघाट र बसउठमै आजको दिन जाने छ । दाम इनाम र प्रतिस्ठा कमाउने दिन छ । व्यापारमा सफलता मिल्ने छ । वृश्चिक राशि ( तो,ना,नि,नु,ने,नो,या, यि,यु) शुभकार्यको चर्चा चल्ने छ । मनमा शान्ती छाउने छ । लाभदायक यात्रा र भोजभतेरमै दिन बित्नेछन् । ठुला मान्छेहरुको साथ प्राप्त हुने हुँदा जुन सुकै काम सम्पन्न हुनेछन् । धनु राशि (ये,यो, भा,भि,भु,धा, फा, ढा, भे ) सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । दैनिक कार्यमा सफलता मिल्नेछ । प्रेम , पढाई र व्यापारमा मनग्ने फाईदा हुने छ । मकर राशि ( भो, जा,जि, जु, जे, जो,ख, खि,खु,खे,खो,गा,गि ) आज शुरु गरेका कामहरु बिचमै रोकिने छन् । आर्थिक कारोबारमा समस्या आउनेछ । स्वास्थ्यमा गडबडी उत्पन्न हुने छ । आजको यात्रा फलदायी नहुन सक्छ । कुम्भ राशि ( गु,गे,गो, सा,सि,सु,से,सो, दा ) लगनशिलताका साथ गरिएका कामकारवाही सफल हुनेछन् । मनमा शान्ती छाउने छ । अचल सम्पत्तीको कारोवार हुने छ । दाम्पत्य जिवन शुखमया हुने छ । मीन राशि ( दि, दु, थ, झ, ञ,दे,दो,चा,चि ) आज आफ्नो भन्दा आफन्तको पदोन्नतीमा रमाउने दिन छ । सुखद समाचारले दिन उज्यालो हुनेछ । आज शुरुगरेका काम सफलतापूर्वक सम्पन्न हुनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *