पाल्पामा कोरोना संक्रमण बाट ज्यान गुमाएकाको आफन्तलेनै गरे शबको ब्यवस्थापन

पाल्पा, कार्तिक २९
पाल्पामा पहिलो पटक कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाको आफन्तले नै शवको दाह संस्कार गरेका छन् । रिब्दीकोट गाउँपालिका २, देउरालीका ७२ बर्षिय राम प्रसाद पाण्डेको कोरोना सङ्क्रमणबाट होम आइसोलेशनमा शुक्रबार ज्यान गएपछि उहाँका आफन्तले रिडिघाटमा दाहसंस्कार गरेका हुन् । कोरोना संक्रमण बाट ज्यान गुमाएका पाल्पाका अन्य १३ जनाको भने नेपाली सेनाले शवको ब्यवस्थापन गरेको थियो । नेपाल सरकारले हालै जारी गरेको शब ब्यवस्थापन सम्बन्धी निर्देशिकाका आधारमा स्वास्थ्य मापदण्ड पुरा गरी बिरामीको स्याहार शुसारमा खटिएका छोरा, २ नाति, र नातिनि गरि ४ जना बाट शवको ब्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय, पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । जिल्ला प्रशासन, स्वास्थ्य र पालिकाको अनुमतिमा बिरामीको स्याहार सुसारमा खटिएकाले मात्रै स्वास्थ्य मापदण्ड पुर्याएर शब ब्यवस्थापन गर्ने र दाहसंस्कारमा खटिएकाहरु क्वारेनटिनमा बस्ने लिखित प्रतिबद्धता भएपछि शव ब्यवस्थापन गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो ।

ज्यान गुमाएका पाण्डेको स्वास्थ्य परिक्षणमा गर्दा गएको १३ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । २६ गते गरिएको पुन परिक्षणमा समेत उहामा पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना बाट ज्यान गुमाएकाको आफन्त र परिवारले शवको दाहसस्कार गरेपछि संक्रमित र ज्यान गुमाउने प्रति समाजले हेर्ने हेराई पनि सकारात्मक बन्ने आशा रहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताउनुभयो । पाल्पामा कोरोना संक्रमितको संख्या १३ सय ४४ पुगेको भने संक्रमित मध्ये १ हजार ९४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *